Photo of Milford Sound in New Zealand

काठमाडौँ, १८ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आज राति १२.०० बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷दुईका दरले मूल्य घटाएको हो ।

यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर रु २५ घटाएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ पनि प्रतिलिटर रु चारले घटाएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो ।

नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु ९८, डिजल र मट्टीतेल प्रतिलिटर रु ७४, खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ३५० र हवाई इन्धन आन्तरिक प्रतिलिटर रु ८२ कायम भएको छ ।

निगमलाई अझै मासिक रु ४० करोड नाफा रहने प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tEJrB1
via IFTTT
02 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top