Photo of Milford Sound in New Zealand

नवलपरासी : नवलपरासीको सुनवल नगरपालिकामा निर्वाचित मेयर भीमबहादुर थापाले आफूले पाउने सरकारी सुविधा नलिने घोषणा गर्नुभएको छ ।

मतदातासँग गरेको प्रतिबद्धता अनुसार थापाले विजयी भए लगत्तै आफूले पाउने तलब सुविधा नलिने घोषणा गर्नुभएको हो । आफूले पाउने तलब, भत्तासहित कुनै पनि आर्थिक सुविधा नलिने र उक्त रकम अशक्त र असायका लागि खर्च गर्ने बताउनुभयो ।

नगरपालिका क्षेत्रभित्र रहेका असाय र अशक्तका लागि छुट्टै कोष खडा गरेर उनीहरुको हेरचाहाका लागि रकम खर्च गर्ने थापाको भनाई छ । नेपाली कांग्रेसबाट निर्वाचित थापा उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य हुनुहुन्छ ।

उहाँले एमालेकी विमला पौडेललाई ५ सय २५ मतले पराजित गर्नुभएको हो । एमालेको पकड क्षेत्रको रुपमा रहँदै आएको सुनवल नगरपालिकामा थापाले जितेपछि अहिले स्थानीय राजनीतिले चर्चा पाउन थालेको छ ।

१३ वडा रहेको नगरपालिकामा ३ वटा वडा कांग्रेस र १ वडा माओवादी केन्द्रबाहेक सबै एमालेले जितेको छ । वडामा पुरै प्यानल एमाले विजयी हुँदा एमालेकी उम्मेदवारभन्दा थापाले बढी मत प्राप्त गर्दै आउनु भएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2sgiiQB
via IFTTT

0 comments:

Post a Comment

add

 
Top