Photo of Milford Sound in New Zealand

मन्त्रमा अथाह शक्ति हुन्छ । मन्त्र जपेर नै संन्यासीहरूले देवताहरूबाट चाहिएजस्तो वरदान पाउँछन् । हामी यहाँ यस्तो शक्तिशाली मन्त्रका बारेमा बताउँदैछौं जसको निरन्तर जपले तपाईंको भाग्य बदलिन्छ ।

शास्त्रमा ब्रह्माजीलाई सृष्टिको रचयिता, भगवान् विष्णुलाई पालनकर्ता र भगवान् शिवलाई संहारकर्ता मानिएको छ ।

हिन्दू धर्ममा विष्णुसहस्रनाम सबभन्दा पवित्र स्तोत्रमध्येको एक हो । यसलाई पाठ र मनन गर्दा इच्छाहरू पूर्ण हुन्छन् । सबैलाई यो लामो मन्त्र पढ्न फुर्सद नहुन सक्छ । त्यसैले तल दिइएको मन्त्र पढ्दा मात्र पनि विष्णुसहस्रनामको पाठबराबरको फल प्राप्त हुन्छ ।

नमोस्त्वनन्ताय सहस्रमूर्तये
सहस्रपादाक्षिशिरोरुबाहवे
सहस्रनाम्ने पुरुषाय शाश्वते
सहस्रकोटि युगाधारिणे नम : ।

जीवनमा आइपर्ने कुनै पनि किसिमका बाधाहरूबाट छुटकारा पाउनका लागि प्रतिदिन बिहानबिहानै यो मन्त्र जप गर्नुस् ।

एजेन्सीको सहयोगमा

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t3WZlF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top