Photo of Milford Sound in New Zealand

काठमाडौं,साउन १ – एक महिना अघिदेखि बन्द रहेको सवारी चालक इजाजतपत्र ( लाइसेन्स) को लागि आवेदन आजदेखि खुल्ला भएको छ । यातायात ब्यवस्था विभागले आइतबारदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुलाएको हो । स्थानीय तहको चुनावका लागि यातायात व्यवस्था विभागका कर्मचारी जिल्लामा खटाइएपछि असार पहिलो सातादेखि नयाँ लाइसेन्सको लागि परीक्षा र ट्रायल बन्द गरिएको थियो ।

स्थानीय तहको चुनावमा गएका कर्मचारी यातायात कार्यालय फर्किसकेकाले देशभरका अधिकांश यातायात कार्यालयले विभागका १४ वटै अञ्चल कार्यालयहरुले लाइसेन्सको आवेदन खुलाएका हुन् ।

केही कार्यालयहरुले अन्तिम तयारी गरिरहेकाले एक-दुई दिनमै तिनले पनि यो सेवा थाल्ने विभागले जनाएको छ । अब पेपर प्रिन्ट प्रविधिको लाइसेन्सको वितरण रोक्ने घोषणा गर्दै देशभर नै स्मार्ट लाइसेन्सको वितरणको प्रक्रिया सुरु गरिएको जनाईएको छ ।

लामो समयदेखि लाइसेन्स वितरण रोकिएका कार्यालयले पनि आजबाट वितरणको प्रक्रिया थालेका छन् ।’ अब नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेले देशभरबाटै स्मार्ट लाइसेन्स पाउनेछन् । यसैगरी आजबाट सवारीका लागि नयाँ रुट इजाजतको प्रक्रिया पनि थालिएको छ । कायम भएका रुटमा अनुमति माग्ने नयाँ सवारीलाई अब विभागले प्रक्रिया पुर्‍याएर इजाजत दिने भएको छ ।

सवारी लाइसेन्स सम्बन्धी काम अहिले उपत्यकाका यातायात कार्यालयहरु ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्याङ र भक्तपुरको जगातीबाट वितरण भइरहेको छ । अहिले सवारी चालक इजाजतपत्र लिन चाहने सेवाग्राहीले एकपटक लिखित परीक्षा पासभएपछि तीनपटकसम्म परीक्षा दिन पाउनेछन् । यस अघि एकपटक लिखित परीक्षा फेल भएमा तीन महिनासम्म परीक्षण ९ट्रायल० परीक्षा दिन पाइदैन्थ्यो । recentnepal

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2unQyh4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top