राजनीति पनि बढो गजबको हुन्छ । बाघलाई बिरालो र बिरालोलाई बाघ बन्न समय लाग्दैनन्। जनताको मतमा चल्ने लोकतान्त्रिक परिपाटीमा त जनमतले सवै कुरा निर्धारण गर्छ। जनमतले साथ दिए जिरोहरु हिरो बन्छन् भने साथ नपाए हिरोहरु भूइमा झर्छन्।
यतिखेर नेपाली राजनीतिमा दुइ नयाँ पार्टीको चर्चा छ वैकल्पिक राजनैतिक शक्तिका रुपमा। एउटा रविन्द्र मिश्रले नेतृ्त्व गरेको साझा पार्टी र विवेशशील पार्टी जसबाट चर्चामा छिन रञ्जु दर्शना।
केही वर्ष यता वैकल्पिक राजनीतिको नेतृत्व लिन संघर्षरत विवेकशिल पार्टी रञ्जु दर्शनाको आगमन पनि केही प्रभावशाली बन्यो।
मिश्र भने पहिल्यै नेपाली राजनीतिमा परिचित सेलेब्रेटी बिबिसी पत्रकार थिए। आफ्नो लामो पत्रकारितकाको अनुभवमा उनले नेपाली राजनीति र यसका खेलाडीहरुको नाडी छाम्दै आएका हुन्।
तर स्थानिय चुनावमा जसरी रञ्जुले साझा पार्टीको सेलेब्रेटी उम्मेदवारलाई पछी पारिन यसले संकेत गरेको छ उनि भविष्यको संभावना बोकेकी एक नेतृ हुन भनेर।
नेपालका हाल रहेका मुलधारका राजनैतिक दललाई च्यालेन्ज गर्नै खोलिएका यी दुबै दलले आफूलाई कसरी अगाडी बढाउँछन त्यसैले उनहरुको भविष्य निर्धारण गर्नेछ।
यी दइ पार्टीबाट पनि दुइ नेता रविन्द्र मिश्र र रञ्जु दर्शनाले आफूलाई कसरी अघि बढाउँछन भन्नेले धेरै कुरा तय गर्न सक्दछ।
हुन त राजनीतिमा केही वर्षमा धेरै कुरा फेरबदल हुन सक्छ तर अहिलेलाई भने साझा पार्टीका सेलब्रेटी फेस मिश्र नै हुन र विवेकशीलबाट उनै रञ्जु अग्रपंतिमा देखिन्छिन् ।
वैकल्पिक राजनीतिमा यी दुइ पार्टीको प्रतिषपर्धा छ अनि यी दुइ नामको पनि ।
के छ दुबैमा खुबि ?
रविन्द्रको मिश्रको एउटा समुहका मानिसमा दह्रो प्रभाव छ तर यो समुह सानो छ। उनलाई दशौं वर्षदेखी रेडियोमा सुन्दै आएकाहरु छन्। उनको छाप छ तर यसको दायरामा मतका हिसावले फराकिलो देखिदैन् । उनिसंग धेरै अनुभविहरुको टोली पनि छ। व्यवसायिक रुपमा उनको टोलीमा रहेकाहरुको क्षमतमा शंका गर्ने ठाउँ छैन् तर राजनीति रुपमा भने उनिहरु ‘टेस्टेड’ छैनन् ।
मिश्रको नाम परोपकारका क्षेत्रमा समेत छ । हेल्प नेपाल नेटवर्कबाट उनको योगदान सानो छैन् तर राजनीतिमा अघी बढ्न र समग्र राजनीतिको नेतृत्व लिन यो पर्याप्त भने छैन्।
मिश्र नेपाली राजनीतिका अत्यन्त जानकार भए पनि अनुभवि भने होइनन् । उनको प्रभाव युवाहरुमा कसरी अगाडी बढ्छ हेर्न बाँकी नै छ।
रञ्जु दर्शना उमेरका हिसावले निकै युवा भए पनि उनको महत्वकांक्षा भने ठुलो देखिन्छ। काठमाडौं महानगरपालिकाको चुनाव हेर्दा त उनले नयाँ पुस्तालाई राम्ररी प्रभाव पार्न सक्ने बुझिन्छ।
अनुभव हिसावले उनि मिश्रको नजिक नभए पनि उनले चुनावमा मिश्रको पार्टी भन्दा आफूलाई अब्बल सावित गरेर देखाइ सकिन् ।
उनको पक्षमा जाने अर्को कुरा के हो भने उनको पुस्ताको प्रतिनिधित्व गर्ने त्यही उमेर समुहका मानिसहरु अरु पार्टीमा देखिदैनन्। उनमा वेग्लै प्रकारको जोश छ जाँगर छ र उनिको सोचमा कुनै बादको लेप लागि सकेको छैन्।
तर साझा पार्टी र विवेकशिल पार्टी एक भएको खण्डमा भने यी दुबैले एक अर्कालाई कम्प्लिमेन्ट गर्ने संभावना भने अझै बढी छ । nepaliheadlines
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2gVO5VV
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.