एजेन्सी । हृदयघातका एक बिरामीले आफू मरेर पनि अर्का व्यक्तिको ज्यान बचाएका छन्। भारतको यूपीमा एक व्यक्तिको हृदयघातबाट मृत्यु भएको ३० मिनेटपछि अर्का व्यक्तिको ज्यान बचेको हो।
यूपीको गाजियाबादका ४५ वर्षीया अतुल सलुजा नाम गरेका व्यक्ति कलेजोसम्बन्ध रोगका कारण अस्पतालमा उपचाररत थिए। कलेजोका कारण उनी जीवन र मृत्युसँग लडिरहेका थिए। त्यसै बेला त्यही अस्पतालमा हृदयघातका कारण अर्का एक विरामीको ज्यान गयो। हृदयघातबाट ज्यान गएका व्यक्तिको कलेजो सलुजामा प्रत्यारोपन गराएपछि उनले नयाँ जीवन पाएका हुन्।
भारतमा पहिलो पटक हृदयघातबाट ज्यान जोगाएका व्यक्तिको कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको त्यहाँका स्वास्थ्य अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
हृदयघाटबाट ज्यान गुमाएका व्यक्तिको परिवारसँग अनुमति लिएर अस्पतालले अतुलको कलेजो प्रत्यारोपन गरेको हो।
from SHYANE http://ift.tt/2ujXkUY
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.