Photo of Milford Sound in New Zealand

एजेन्सी । भारतीय फिल्म क्षेत्रमा कमाईको नयाँ रेकर्ड बनाउन सफल एसएस राजमौलीको फिल्म बाहुबली रिलिज भएको दुई बर्ष पुरा भएको छ । बाहुबली र बाहुबली २ को सफलतापछि फिल्मका हिरो प्रभास पनि हरेक फिल्म निर्माताको रोजाईमा परेका छन् । प्रति फिल्मका लागि उनले आफ्नो शुल्क पनि बढाएर ३० करोड पुर्याएका छन् । हाल उनीसँग करिब १८० करोड बराबरको व्यक्तिगत सम्पति रहेको छ ।

प्रभासलाई फिल्मका साथै कयौँ ठुला र नामी कम्पनिहरुबाट एंडोर्समेन्टका लागि अफर पनि आइरहेको छ । उनी पनि अरु स्टार्स जस्तै विलासी कारका सौखिन रहेका छन् । उनी प्रायः ८ करोड पर्ने रोल्स रोयस फैंटम कार चलाइरहेका देखिन्छन् । यसका साथै उनीसँग पाँचवटा अन्य विलासी कार रहको छ । उनी नयाँ र ब्राण्डेड विलासी सामानहरुको प्रयोग गर्न रुचाउने गर्दछन् ।

उनको हैदरावाद नजिकैको इलाका जुबली हिल्समा शानदार बंगला रहेको छ । जसको मूल्य करोडौमा रहेको छ । यसका साथै फिल्म नगरमा उनको अर्काे पनि एउटा बंगला रहेको छ । जसलाई उनले सन् २०१४ मा किनेका थिए । यसको मूल्य पनि करोडौमा रहेको छ । प्रभासको विभिन्न क्षेत्रमा व्यक्तिगत लगानी ४० करोड बराबरको रहेको छ ।

प्रभासले महिन्द्रा एण्ड महिन्द्रा कम्पनीसँग उसको गाडी महिन्द्रा TUV ३०० को लागि विज्ञापन गर्ने सम्झौता गरेका हुन् । बाहुबली २ को सफलतापछि प्रभासले कयौँ शु ब्राण्ड र डियो कम्पनीहरुसँग पनि सम्झौता गरेका छन् । उनको ब्राण्ड एंडोर्समेन्ट मुल्य दुई करोड भारतीय रुपियाँ बराबर रहेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2t5hFOm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top