Photo of Milford Sound in New Zealand

काठमाडौं। परिवारले आफ्नो जबरजस्ती बिहे गराइदिएपछि माइती र आफ्ना पतिसँग असन्तुष्ट एक युवतीले आफ्ना प्रेमीसँग बाँधिएर आत्महत्या गरेकी छिन् । यी दुईले एकै ठाउँमा सलले बाँधिएर तलाउमा हाम्फालेर आत्महत्या गरेका हुन् । ती युवतीका प्रेमीको पनि केही दिन पहिले मात्रै अर्कै युवतीसँग बिहे पक्का भएको थियो ।

भारतको राजस्थानको चुरु जिल्लाकी २० वर्षकी कमला मेघवाल र उनका प्रेमी १९ वर्षका रामगोपाल मेघवालले आत्महत्या गरेको प्रहरीले जनाएको छ । ती महिला आफ्नो माइतीमा बसेकी थिइन् । उनका पति उनलाई घर लैजान लिन आउने वाला थिए । यही बेला उनले आफ्ना पति आउनुभन्दा पहिल्यै आत्महत्या गरेकी हुन् ।

प्रहरी जाँचमा यी दुईको लामो समयदेखि प्रेम चलिरहेको थाहा भएको छ । परिवारले युवतीको अर्कै युवकसँग बिहे गराइदिएका थिए । युवकको पनि अर्कै युवतीसँग बिहे तय गरिदिएपछि यिनीहरु दुवैले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । source:डिसी नेपाल

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2uQ5XqQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top