काठमाडौं, साउन ६ – रुपन्देहीमा आफूभन्दा कथित तल्लो जातको युवकसँग प्रेम सम्बन्ध राखेको भन्दै युवतीलाई कुटपिट गर्ने विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ को डिहुली गाउँमा कथित तल्लो जातको युवकसँग प्रेम गरेको भन्दै युवती मिना यादवमाथि निर्घात कुटपिट भएको थियो ।मिनाको दिनेश लोधसँग प्रेम सम्बन्ध रहेको भन्दै उनलाई परिवारले निर्घात कुटपिट गरेका थिए । यो घटना असार १९ गतेको हो । निर्धात कुटपिट भएको भिडियो सार्वजनिक भएपछि हिजो बिहीबार मात्र घटना बाहिर आएको थियो ।
महिलामाथि कुटपिटमा संलग्न भएको भन्दै रुपन्देही प्रहरीले पाँजना विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको र एक प्रहरी निरीक्षकलाई विभागीय कारबाही गरेको रुपन्देहीका एसपी रविन्द्र धानुकले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
कुटपिटमा संग्लन युवतीका बुवाका इन्नर यादव, १८ वर्षका दिनेश यादव, ५५ वर्षका लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र गाउँले २५ वर्षका युवक पशुपति कोइरीसहित ५ जना विरुद्ध मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई गएराति प्रहरीले घरैबाट पक्रिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । घटना भएका क्षेत्र इलाका प्रहरी कार्यालय मर्चवारको भएको र त्यस प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयसिंह सिंजापतिले घटनाको जानकारी नगराएको भन्दै उनलाई विभागीय कारबाही गरेको धानुकले बताउनुभयो ।
प्रहरी निरीक्षक सिजापतीलाई जिल्ला प्रहरी कार्यालमा तानिएको छ । युवतीलाई कुटपिट गरेपछि स्थानीय जनप्रतिनिधि र गाउँले मिलेर युवतीको परिवारलाई एकलाख रुपैयाँ जरिवान तिराएका थिए । source:उज्यालो
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2twaS08
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.