Photo of Milford Sound in New Zealand

काठमाडौं । दाङ लमही नगरपालिका ५ की सुजाता पौडेल फेसबुकबाट चिनाजान भएको व्यक्तिको प्रलोभनमा परेर ५५ लाख ८५ हजार रुपैयाँ ठगीएकी छन् ।
सुजाताको एकवर्ष अघि बेलायती नागरिक इयुएन्स स्मिथ नाम बताउने एक जना व्यक्तिसँग फेसबुकमा भेट भयो ।

स्मिथले नै सुजातालाई ‘फ्रेन्ड्स रिक्वेष्ट’ पठाएका थिए । सुजाताले विदेशमा रहेको व्यक्तिले आग्रह गरेपछि ‘इग्नोर’ गर्न सकिनन् । बेलायती नागरिक स्मिथ र सुजाताबीच त्यसपछि फेसबुकमै गफ हुन थाल्यो ।

उनीहरुबीच प्रेम सम्बन्ध नै चलेको प्रहरी दावी छ । एकवर्षपछि सुजाताको सबै कुरा थाहा पाएपछि स्मिथले सुजातालाई भेट्न नेपाल आउन चाहेको बताए ।
सुजाताको सबै कुरा थाहा पाएपछि स्मिथ फेसबुकमा भन्दा ह्वाट्स एपमा गफिन थालेको प्रहरी अनुसन्धानबाट देखिएको छ । स्मिथले नेपाल आउनुअघि नै आफूले पैसा पठाउने र नेपालमै घरजग्गा किनेर बस्ने योजना पनि सुजातासँग सेयर गरे ।

त्यसको केही दिनमा बैंक अफ अमेरिकाबाट भारतको दिल्ली शाखामा १.७ मिलियन डलर अर्थात करिब १८ करोड रकम पठाएको भन्दै सुजाताई खबर पनि गरे ।
स्मिथले भारतबाट सबै प्रक्रिया पूरा गर्ने आफ्ना अरु साथीहरु पनि भएको बताउँदै उनीहरुले नै सम्पर्क गर्ने बताएका थिए ।

केही दिनमै भारतीय नम्बरबाट सुजातालाई फोन आयो– “तपाईँको पैसा आएको छ । भारतीय नियमअनुसार रकम यहाँबाट नेपाल ट्रान्फर गर्दा राजस्व तिर्नुपर्छ त्यसैले तपाइँले केही रकम दिनुपर्ने हुन्छ ।”

भारतबाट फोन गर्ने व्यक्तिले जगदीश आचार्य, पुरन घर्तिमगर, रामकुमार शेर्पा, संजीव महर्जन नाम गरेका व्यक्तिलाई आईएमई गरेर रकम दिनू, बाँकी काम हामीले यतैबाट सकेर नेपाल रकम पठाइदिन्छौं भनेर फोन राख्यो ।

सुजातालाई पनि करोडौं आउने भएपछि केही रकम दिनैपर्यो भन्ने लागेर तीनपटक गरी उनीहरुको नाममा ५५ लाख ८५ हजार रकम पठाइदिइन् ।
जब उनले ५५ लाख पठाइन्, त्यसपछि फेसबुकमा कुरा स्मिथ, भारतबाट नेपाल फोन गर्ने व्यक्ति, पैसा पठाइदिएका कोही पनि सम्पर्कमा नआएपछि आफू बल्ल ठगिएको पत्तो सुजातालाई भयो ।

त्यसपछि मात्रै उनी महानगरीय अपराध महाशाखामा उजुरी गर्न पुगिन् । सुजातालाई ठगी गर्ने पुरन घर्तिमगर भन्ने सुमन लामा, रबी थोकर र दिनेश बस्नेतलाई बिहीबार काठमाडौंबाट महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ ।

“उनीहरु व्यवसायीक ठग नै हुन्,” महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी प्रकाश कार्कीले बाह्रखरीसँग कुरा गर्दै भने, “महिलालाई फेसबुकको माध्यमबाट ठगी गर्ने यो समूह मात्र होइन, अरु पनि केही भएको हामीलाई आशंका छ । बाँकी पनि केहीदिनभित्रै पक्राउ पर्नेछन् ।”

एसपी कार्की भन्छन, “विदेशीको नाम दिने, बेलायत अमेरिकन नागरिक भन्छन्, पैसावाला महिला भेटेपछि उनीहरुले ठग्न सुरु गर्छन्, काठमाडौंमा बसेर बेलायती गफ दिन्छन् त्यही गफमा परेर महिला तथा युवतीहरु उनीहरुको सिकार हुने गरेका छन् ।” baahrakhari

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tNitTh
via IFTTT
21 Jul 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top