Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन ५ । नेपालले खाडी मुलुकमा नेपाली महिला कामदार पठाउने विषयमा कडाइ गरेसँगै ती मुलुकका राजपरिवारमा कामदारको संकट परेको छ ।

योसँगै ती देशका राजपरिवारले नै नेपाललाई पत्र लेखी नेपाली महिला कामदार पठाउन आग्रह गरेका छन् ।

यही पत्रको जानकारी लिएर श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर बुधबार अन्तराष्ट्रिय तथा श्रम सम्बन्ध समितिको बैठकमा उपस्थित भएका छन् ।

उनले यसबारे जानकारी गराउनसाथ संसदीय समितिका सदस्यहरुले सरकार आफैं चेलीबेटी बेचविखन गर्न खोजिरहेकोसम्म आरोप लगाए ।

खाडी मुलुकहरुमा नेपाली चेलीहरु दैनिक रुपमा बलात्कार तथा यौंन हिंसाको सिकार भइरहेको भन्दै संसदहरुले त्यहाँको समस्या समाधान गर्न ती देशले चासो नदिरहेको अवस्थामा नेपाली चेली पठाउन नहुने धारणा राखे । राजधानी दैनिकबाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tsu0wg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top