Photo of Milford Sound in New Zealand

प्युठान – स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भर्नुभयो । स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित परीक्षामा समेत उहाँ उत्र्तीण हुनुभयो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

धेरै खुड्किला पारगरेपछि म्यादी प्रहरी बन्ने उहाँमा धेरै आत्मबल बढेको थियो । तर, विडम्बना अन्तर्वार्तापछि उहाँ अन्तिम छनोटमा पर्नुभएन । आफू मात्र नभई सँगै आएका तीनजना साथीसमेत छनोट हुन सकेनन् । उहाँहरू सबै अन्तर्वार्तापछि छनोटमा नपरेको सुनार बताउँनुहुन्छ । सुनारका श्रीमान् रोजगारीका लागि साउदी अरबमा हुनुहुन्छ । घरपरिवारमा २ छोरा र १ छोरीसहित सासू÷ससुरा रहेको उहाँले बताउनुभयो ।
३१ वर्षीया सुनार घर फर्कंदा गाउँघरमा स्थानीय तह निर्वाचनको रौनकले रमाइलो बढ्दै थियो ।

कांग्रेसमा आवद्ध सुनारलाई पार्टीले गौमुखी गाउँपालिकाको उपप्रमुख पदमा उठ्न गरेको प्रस्ताब उहाँले सहजै स्वीकार्नुभयो । टिकट पाएपछि उहाँ चुनावी प्रचारप्रसारमा व्यस्त हुनुभयो । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुनार जिल्लाकै दुर्गम गौमुखी गाउँपालिकामा दुईजना प्रतिस्पर्धीलाई उछिन्दै उपप्रमुख पदमा भारी मतले विजयी हुनुभयो । एमालेबाट उम्मेदवार बन्नुभएकी ज्ञानुमाया केसीलाई ४ सय ६३ मतको अन्तरले पछिपार्दै उहाँ विजयी हुनुभयो । सुनारले ३ हजार ९० र केसीले २ हजार ६ सय २७ मत पाउनुभएको थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tS9y4D
via IFTTT

0 comments:

Post a Comment

add

 
Top