Photo of Milford Sound in New Zealand

अभिनेता शाहरुख खानले बलिवुडमा प्रवेश गरेको २५ वर्ष पूरा भईसकेको छ । त्यस्तै उनको वैवाहिक जीवनले पनि २५ वर्षे यात्रा पूरा गरेको छ । हालै मात्र दिएको एक अन्र्तवार्तामा अभिनेता शाहरुखले आफ्नो विवाह, श्रीमती गौरी र छोरा छोरीका बारेमा खुलेका छन । उनीहरुको प्रेमकथा कुनै सिनेमाको कथा भन्दा कम छैन । सन् १९८४ मा १९ वर्षको उमेरमा एक पार्टीमा १४ वर्षिय युवती गौरीलाई देख्ने बित्तिकै उनको प्रेममा भुतुक्कै भएका थिए शाहरुख । पहिलो भेटमा मन पराए । दोस्रो भेटमा बोल्न भ्याए । अनि तेस्रो भेटमा चाहि उनले गौरीको घरको नम्बर पत्ता लगाए । विस्तारै उनले गौरीलाई पनि आफ्नो प्रेममा पारिहाले । पछि दुवैले एकअर्कालाई मन पराए । समयसँगै दुवै जना विवाह गर्न तयार भए । तर दुई परिवारको धर्म अलग–अलग भएका कारण उनीहरुको विवाहमा केही समस्या आयो । शुरुमा गौरीको परिवारले यस विवाहको लागि सहमती दिएन ।

शाहरुख मुस्लिम परिवारका थिए भने गौरी हिन्दु । शाहरुखले गौरीको परिवारलाई मनाउन खुबै पापड बेल्नु परेको थियो । तर पछि छोरी प्रति शाहरुखको झुकाव र प्रेम देखेर गौरीको परिवारले पनि विवाहको लागि अनुमती दियो ।
२८ अगस्ट १९९१ मा शाहरुख र गौरीले अदालती विवाह गरे । उनीहरुको मुस्लिम धर्मअनुसार निकाह पनि भयो । निकाहमा गौरीको नाम आयशा राखिएको थियो । पछि २५ अक्टोबर १९९१ मा उनीहरुको हिन्दु रितिरिवाज अनुसार पनि विवाह भयो । यस हिसाबले शाहरुख र गौरीको विवाह दुई पटक भयो ।

शाहरुखले हालै दिएको अन्र्तवार्तामा विवाहको पहिलो दिनको एक अविष्मरणीय पल सेयर गरेका छन् । उनका अनुसार विवाहको पहिलो दिन उनीहरुले सिनेमाको छायाकंन स्थलमै बिताएका थिए । विवाहकै दिनमा शाहरुख मुम्बई सरेका कारण उनीहरुले छायाकंन स्थलमा पहिलो दिन बिताउनु परेको थियो ।

गौरीका केही गर्भ तुहिए
जेठा छोरा आर्यन जन्मनु भन्दा पहिले गौरीका केही गर्भहरु तुहिएको शाहरुखले खुलासा गरेका छन् । छोराछोरीको बारेमा कुराकानी गर्दै उनले भनेका छन्, ‘आर्यन जन्मनु भन्दा पहिले गौरीका केही गर्भहरु तुहिए । जब आर्यन जन्मियो तब पनि केही समस्याहरु थिए । सुहानाको जन्म हाम्रो लागि निकै खास रह्यो । किनकी हामी पहिलो सन्तानको रुपमा छोरी चाहन्थ्याँै तर दोस्रो नम्बरमा बल्ल छोरीको पालो आयो । सबै छोराछोरी म जस्तै देखिए हुन्थ्यो भन्ने गौरीको चाहना थियो । यहि कारण उनी हरेक पटक आमा बन्दा उनी सोध्ने गर्थिन्, ‘तपाईँ जस्तो छ कि छैन ?’

वर्षौ पछि हामीलाई तेस्रो सन्तानको पनि आवश्यकता भएको महसुस भयो । यहि कारण हामीले अब्राहमालाई जन्माउने निर्णय लियौँ ।’
शाहरुख आफ्ना तीनवटै छोराछोरीको कहानी फरक–फरक रहेको भन्दै सबै जना खास भएको पनि बताउँछन् । जेठा छोरा आर्यन र छोरी सुहानालाई गौरीले जन्म दिएकी हुन् भने कान्छा छोरा अब्राहमलाई उनीहरुले सेरोगेसीबाट जन्माएका हुन् । gufgaf.com

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tfZSUy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top