Photo of Milford Sound in New Zealand

सुगा मानिसको बोलीको नक्कल गर्न निकै सिपालु हुन्छ र सुगाले यसरी नक्कल गरेर बोलेको सुन्दा मानिसलाई खुबै मज्जा आउँछ । तर कुबेतमा एक व्यक्तिका लागि सुगाको यस्तो खुबी ठूलै संकटको कारक बनेको छ ।

एक स्थानीय अखबारका अनुसार उक्त पुरुषले आफ्नै घरमा काम गर्ने एक घरेलु कामदार महिलासँग अवैध यौनसम्पर्क गर्ने गरेको थियो र उक्त कुरा उसकी श्रीमतीलाई थाहा थिएन ।श्रीमतीको आँखा छलेर घरकी नोकर्नीसँग रोमान्स गरिरहँदा उनीहरु निकै अन्तरंग कुराकानी पनि गर्दथे । त्यस्तो कुराकानी घरमा पालेको सुगाले नजिकै बसेर सुनिरहन्थ्यो ।

एकदिन जब ती व्यक्तिकी श्रीमती बाहिरबाट घर आइन् तब सुगा एकाएक बोल्न थाल्यो । सुगाले ती सबै कुरा गर्न थाल्यो जो केहीबेर अघि घरमालिक र नोकर्नीबीच रोमान्सका बेला बोलिएका थिए । मालिक्नीले जब सुगाको मुखबाट यस्ता रोमान्टिक कुरा सुनिन् तब उनलाई अनौठो लाग्यो ।

यद्यपि उनलाई आफ्नो लोग्ने घरकै नोकर्नीसँग सल्किएको कुरामा पहिलेदेखि नै शंका थियो । त्यसैले सुगाका त्यस्ता कुरा सुन्दा उनलाई दुईबीचको नाजायज सम्बन्ध एकिन भयो । त्यसपछि उनी आफ्नो सुगालाई प्रमाणको रुपमा लिएर उजुरी गर्न पुलिस चौकीमा गइन् ।तर बिडम्बना कसूरवाला लोग्नेको भाग्य बलियो रहेछ । पुलिसले सुगाको बोलीलाई सबूत प्रमाणको रुपमा लिन नसकिने बतायो ।

सुगाले घरमालिक र नोकर्नीबीचको रोमान्सकै बेला ती कुराहरु सुनेको भनेर अदालतमा प्रमाणित गर्न नसकिने जिकिर पुलिसको छ । सुगाले कुनै फिल्म वा भिडियोमा देखेर पनि त्यस्तो बोलेको हुनसक्ने भएकाले सुगाको बोलीलाई नै प्रमाणको रुपमा लिन नसकिने पुलिसको भनाई छ ।

अनलाइनखबर बाट

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2usrVQ0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top