Photo of Milford Sound in New Zealand

काठमाडौं, साउन ८ – क्यानन केपिए वेडिङ फोेटो अवार्ड २०१७ को उपाधि चितवनका सुमन सापकोटाले जित्नुभएको छ । उहाँले विवाहमा खिचेको तस्बिर पहिलो बन्दै उपत्यका बाहिरको फोटोग्राफरलाई विजयी मात्र बनाएन क्यानन ६ डि क्यामेरा समेत जिताउन सफल भयो ।

काठमाडौं फोटोग्राफर संघको आयोजनामा सम्पन्न क्यानन केपिए वेडिङ फोटो अवार्डको दोस्रो पुरस्कार काठमाडौंका फोटोग्राफर ओमलाल अकेलाले खिचेको विवाहको तस्बिरले पाएको थियो । उहाँले क्याननको तर्फबाट क्यानन ८० डि क्यामेरा पाउनुभयो ।

यसैगरी तेस्रो पुरस्कार काठमाडौंकै मनोज रत्न शाहीले खिचेको फोटोले पाएको थियो । उहाँले क्याननकै ७५० डि क्यामेरा पाउनुभयो ।

उत्कृष्ठ १० मा पर्न सफल फोटोग्राफरहरुले स्न्यापरर्स फोटो गुड्सको तर्फबाट म्यानफ्रोटोको ट्राइपड र लोएप्रोको क्यामेरा ब्याग पाएका थिए । यसैगरी उत्कृष्ट २० मा पर्न सफल फोटोग्राफरहरुले डेलको ल्पापटप ब्याग, फोटोपेपर र प्रमाणपत्र पाएका थिए । अवार्ड विजेताहरुलाई प्रमुख अतिथीद्धय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

पुरस्कृत भएका फोटोहरु सँगै उत्कृष्ट १०० तस्बिरहरु बबरमहलस्थित आर्ट काउन्सिलमा प्रदर्शनी हुने जानकारी दिँदै संघका अध्यक्ष भवदेब थापाले साउन ९ देखि ११ गतेसम्म बबरमहलमा हुने फोटो प्रदर्शनीको अवलोकनका लागि आउन सर्वसाधारणलाई आग्रहरु गर्नुभयो । source:ujyaaloonline.com

http://ift.tt/2tB14lu

from SHYANE http://ift.tt/2uVjvlk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top