Photo of Milford Sound in New Zealand

काठमाडौं । ३० वर्षे सेवाअवधि फेरबदल नगर्ने र संगठनभित्र फोहोरी षड्यन्त्र तथा कुनै भवितव्य भएन भने भने आगामी चैतमा दुबै प्रहरी संगठनको नेतृत्वमा खनालद्वयको आगमन हुने निश्चित भएको छ । नेपाल प्रहरीमा एसएसपीबाट डिआईजीमा हालै भएको बढुवा वरियताले सर्वेन्द्र खनाललाई भावी आइजिपी बन्ने बाटो खुला भएको छ भने उता सशस्त्र प्रहरी बलमा पनि बरिष्ठ एआईजीको हैसियतले सिंहवहादुर श्रेष्ठलाई शैलेन्द्र खनालले विस्थापित गर्नेछन् । लामो समयदेखि अवरुद्ध प्रहरी बढुवा प्रक्रिया खुलाउँदै गृह मन्त्रालयले असार २९ गते ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई बढुवा गर्न सिफारिस गरेको थियो ।

गृहको सिफारिस सूचीअनुसार डिआईजीमा एसएसपी सर्वेन्द्र खनालको बढुवा पहिलो नम्बरमा भएपछि उनलाई भावि आईजिपी बन्ने बाटो खुलेको हो । हाल एआईजीमा बढुवा भएकाहरु वर्तमान प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँगै सेवानिवृत्त हुनेछन् । त्यसपछि बरिष्ठताको आधारमा खनालले प्रहरी संगठनको कमान सम्हाल्न पाउनेछन् । डिआईजी बढुवा सिफारिसमा खनाल पहिलो नम्बरमा छन् भने दोस्रो र तेस्रो नम्बरमा रमेश खरेल र पुष्कर कार्की रहेका छन् । एसएसपीमा बढुवा हुदा रमेश खरेल पहिलो नम्बरमा थिए । तर विगत एक वर्षको अवधिमा खनालले अपराध अनुसन्धानमा निकै ठूला ठूला केसहरुमा सफलता पाएपछि कार्य सम्पादन मूल्याकंनमा खनाल अगाडि आएका हुन् ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको प्राप्तांकअनुसार खनालले ८४.४७३४ र खरेलले ८३.८५१० नम्बर प्राप्त गरेका छन् । जसअनुसार खनालले खरेललाई ०.६२२४ नम्बरले उछिनेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा सूचीमा तेस्रो नम्बरमा पुष्कर कार्की, चौथोमा उत्तम कार्की, पााचौंमा भोगबहादुर थापा, छैटौंमा पुस्कल रेग्मी, सातौंमा पवन खरेल, आठौंमा छविलाल जोशी, नवौंमा मनोज न्यौपाने, दसौंमा ज्ञानविक्रम शाह, एघारौंमा ठूले राई, बाह्रौंमा शरद चन्द, तेह्रौंमा धिरु बस्नेत, चौधौंमा पुष्पचन्द्र रञ्जित र पन्ध्रौंमा सुरेश विक्रम शाह परेका छन् ।

उता सशस्त्र प्रहरी बलमा पनि आगामी चैतमा सिंहबहादुर श्रेष्ठले अवकाश पाएपछि सिनियरका हिसाबले शैलेन्द्र खनाल स्वाभाविक रूपमा आइजिपीहुनेछन् ।

तर, वर्तमान गृहमन्त्री जनार्दन शर्माले प्रहरी संगठनलाई भताभुङ पार्दै माओवादीकरण गर्ने उद्देश्यले प्रहरी नियमावली संशोधन गरी ३० वर्षे सेवावधि संशोधन गर्ने चर्चा चलेकाले खनालद्वयको यात्रा एआईजीमै विराम लाग्ने हो कि भन्ने आशंका पनि पैदा भएको छ । ३० वर्षे सेवाहद हट्यो भने वर्तमान आईजीपी र एआईजीहरुको कार्यकाल लम्बिन्छ । त्यसपछि दुबै प्रहरी नेतृत्वमा अर्कैले बाजी मार्न सक्नेछ । जानकार सूत्रका अनुसार प्रहरीमा नियमावली संशोधनको लागि चलखेल सुरु भइसकेको छ । यसमा प्रहरी संगठनभित्रैबाट गृहमन्त्रीलाई नियमावली संशोधनका लागि उत्प्रेरित गर्ने काम भइरहेको स्रोतले बतायो । तर, करिअर प्लानिङ नल्याई ३० वर्षे प्रावधान हटाउन संगठनको बढुवा ठप्प हुने भएकाले ३० वर्षे प्रावधान तत्काल हटाएमा दुबै प्रहरी संगठनभित्र विद्रोह हुने अवस्था छ । nepalpana

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tr8Jif
via IFTTT

0 comments:

Post a Comment

add

 
Top