Photo of Milford Sound in New Zealand

काठमाडौं, २३ असार । आफ्नै प्रहरी कर्मचारीसँग घुस लिएको अरोपमा इन्स्पेक्टर बन्धुराज खनाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ । क्षेत्रीय प्रहरी कार्यालय हेटौंडामा कार्यरत रहँदा उनले बढुवा गरिदिने भन्दै सिपाहीहरुसँग पैसा असुलेका थिए ।

आजको नयाँ पत्रिकामा खबर छ– कर्मचारी प्रशासन शाखामा कार्यरत उनले तराईका विभिन्न जिल्लामा कार्यरत सिपाहीहरुसँग पैसा लिएका थिए । पैसा दिएर पनि बढुवा नभएपछि सिपाहीहरुले उनीविरुद्ध उजुरी गरेका थिए ।
मध्यक्षेत्रका तत्कालिन डिआइजी पशुपति उपाध्यायले पैसा खाएको थाहा पाएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए । प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार खनाललाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी गृहले हालै जागिरबाट हटाएको हो । खनालको जागिर अवधि करिब एक वर्ष मात्र बाँकी थियो ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2svGZZe
via IFTTT

0 comments:

Post a Comment

add

 
Top