Photo of Milford Sound in New Zealand

चलचित्रको नायक भन्ने बित्तिकै जीउडाल मिलेको, अग्लो, हेर्दामा राम्रो अनुहार भएको मान्छे हामी कल्पना गर्दछौ, तर ति सबै चिज भन्दा फरक छन् अभिनेता -दयाहाङ राई ।

लुक्स भन्दा पनि अभिनय कलाले सबैको मनमा बस्न सकेका दयाहाङको लाखौँ फ्यानहरु छन् । रंगमञ्च हुदै उनी चलचित्रमा प्रवेश गरेका हुन् । पछिल्लो समय दयाहाङलाई धेरै चलचित्र खेलेको आरोप लाग्ने गर्दछ ।

यतिबेला उनी अभिनित् चलचित्र ‘लाल्टिन’ प्रदर्शन भइरहेको छ भने यो बर्ष अन्य केही चलचित्रहरु पनि प्रदर्शन हुँदैछन् ।

प्रायः जसो कलाकार आफ्नो प्रेम प्रसङ्ग खुलाउन चाहान्दैनन्, तर दयाहाङले एक अन्तवार्तामा आफ्नो पहिलो प्रेमकाबारेमा खुलासा गरेका छन् । उनले पहिलो प्रेम गुमाएको तर पछि आफुले नै माया गरेको व्यक्तिसँग विवाह भएको बताएका छन् ।

दयाहाङले गायिका बेनुका राईसँग विवाह गरेका थिए । श्रीमतीसँग कहिले रुनु भएको छ भन्ने प्रश्नमा दुःखमा होस् या सुखमा धेरै पल्ट श्रीमतीको अगाडि रोएको जवाफ दिएका छन् ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2udChRv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top