Photo of Milford Sound in New Zealand

नेपाली फिल्मी सदाबहार नायिका हुन झरना थापा । एकसमय नेपाली फिल्ममा उनको एकछत्र राज थियो भन्दा गलत नहोला । केहीवर्ष अगाडिसम्म झरना विनाका फिल्महरु कमै हलमा रिलिज हुन्थे । ‘दाइजो’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी झरनाले झण्डै १५ वर्ष लामो फिल्मी करिअरमा थुप्रै हिट फिल्म दिएकी छिन् ।

बाल्यकालमा बैंकर भएर सुटमा सजिएर अफिस जाने सपना साँचेकी झरना कल्पनै नगरेको फिल्म क्षेत्रमा प्रवेश गर्न पुगिन् । नृत्य विषय लिएर पढेकी झरना कलेज पढ्दा पनि उनको नृत्य र रूप-रंग हेरेर साथीहरूले कलाकार बन भन्थे । यसै क्रममा उनले फिल्म ‘दाइजो’मा छोटो भूमिकामा अभिनय गर्दै रंगीन दुनियाँमा पाइला टेकिन् ।

तर, उनको फिल्मी करिअरको गज्जबको सुरुवात भने विवाहपछि भयो । ‘दाइजो’ फिल्ममा काम गरेपछि उनले निर्माता सुनीलकुमार थापासँग विवाह गरिन् । विवाहपछि झरनाले फिल्म ‘धर्मसंकट’मा मुख्य भूमिका निर्वाहा गर्ने मौका पाइन् । विवाहपछि नायिकाका रूपमा पहिलो पटक आएकी झरनालाई दर्शकहरूले निकै रुचाए र उनले त्यसैमा आफ्नो छवि बनाउँदै गइन् ।

उनले केही समय आफ्नै होम प्रोडक्सनको फिल्ममा मात्र काम गरिन् तर पछि फिल्म ‘जीवनसाथी’बाट बाहिरी ब्यानरमा बन्न लागेका फिल्म पनि अभिनय गर्न थालिन् । झन्डै एक सय फिल्ममा नायिकाका रूपमा अभिनय गरिसकेकी झरनाले टिनएजर, गृहिणी, दुःखी, अपाङ्ग आदि सबै भूमिकामा सशक्त अभिनय गरेकी छिन् ।

तर, पछिल्लो समय भने उनी अभिनय टाढा छिन् । उनले अभिनय गरेका फिल्महरु केही वर्षदेखि दर्शकहरुले हेर्न पाएका छैनन् । ‘किन अभिनयबाट टाढा छिन् झरना ?’ अहिले दर्शकहरुको मनमा यिनै प्रश्नहरु जन्मिरहेका छन् । आफैँले निर्माण गरेको बिग बजेटको फिल्म ‘फेसबुक’ असफल भएपछि उनी सिनेमा लाइनबाटै विरक्तिएको भन्नेहरू धेरै छन्। ‘के फेरि झरनाले अभिनयलाई पहिला जस्तै निरन्तरता दिन सक्लिन् ?’ अब यसको जवाफ त उनले चाल्ने आगामी पाइलाहरुले नै तय गर्नेछ ।

अहिले उनी अभिनयभन्दा पनि फिल्म निर्देशनतर्फ सक्रिय देखिन्छिन् । उनले पहिलो पटक निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २’ भाद्र १६ गतेबाट अल नेपाल रिलिज हुँदैछ । यो कुरा गोप्य राखिएको छ कि ‘ए मेरो हजुर २’ मा झरनाले अभिनय गरेकी छिन् वा छैनन् । यो फिल्मको पहिलो भागमा भने स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र झरनाको मुख्य भूमिका थियो । filmykhabar

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tl2MDk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top