Photo of Milford Sound in New Zealand

काठमाडौ : पासाङ डोल्मा शेर्पाको अनुहारमा मृत्युलाई जितेर आउँदाको खुसी र मृत्युसँग संघर्ष गर्दाको पीडा प्रष्टै झल्किन्थ्यो । अध्यारो कोठाबाट उज्यालो संसारमा आए जस्तो अनुभव गर्दै हुनुहुन्थ्यो डोल्मा । ‘बरु पानी मात्रै खानुस,आफनै गाउँघरमा बस्नुस,कुवेत वा साउदी वा खाडी मुलुकमा जाँदै नजाउनुस’नेपाली दिदीबहिनीहरुलाई डोल्मा सल्लाह दिदै हुनुहुन्थ्यो । शरिरमा पहिलेका पीडा केहि नदेखिएपनि मानसिक पीडाको असर भने उहाँले अहिले पनि भोगिरहनु भएको उहाँसँगको कुराकानीबाट प्रष्टै झल्किन्थ्यो । खुट्टा दुख्ने र टाउको दुख्ने जस्ता समस्या उहाँले अहिले पनि बेहोरिरहनु भएको छ ।

घरायसी कामदारका रुपमा भारतको बाटो हुँदै ०६२ कुवेत पुग्नु भएकी शेर्पा मृत्युदण्डको फैसला,१० बर्षको जेल सजाय र गणना नै गर्न नसकिने मानसिक पीडा बोकेर ११ दिन अगाडि नेपाल आउनु भएको हो । गाविसको बासिन्दा भएर कुवेत पुग्नु भएकी शेर्पा फर्कदा गाउँपालिका निवासी हुनु भएको छ । यो १२ बर्षको अवधिमा नेपालमा भएका राजनीतिक,आर्थिक,सामाजिक र भौगोलिक परिवर्तनले डोल्मालाई अर्कै संसारमा आए जस्तो अनुभुति गराइरहेको छ ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ मा जन्मिनु भएकी शेर्पा ३० महिनाको छोरा छोडेर कुवेत जानु भएको थियो । उहाँको छोरा अहिले १४ बर्षका भए । ‘मैले छोरा जन्माए तर छोरालाई कसाङ छिरिङ लामाले कर्म दिनु भएको छ’ शेर्पाले भन्नुभयो । उहाँका श्रीमान भने इराकमा हुनुहुन्छ । श्रीमानले दोस्रो विवाह गरेपनि बिहिबार शेर्पासँगै उहाँकी नन्द पासाङ शेर्पा आउनु भएको छ । पासाङले भन्नुभयो ‘भाउजुको स्वास्थ्यमा सुधार भएपछि गाउँको घरमा लिएर जान्छु ।’ पासाङका अनुसार डोल्मा फर्किएकोमा परिवारका सबै सदस्यहरु खुसी हुनुहुन्छ । ‘म अव छोराका लागि बाँच्छु’डोल्माले भन्नुभयो ‘छोराको भबिश्य राम्रो बनाउन चाहन्छु ।’

आफूलाई सरकारले रोजगारीको अवसर दिए आफनो बाँकी जीवनलाई सहज हुने डोल्माले बताउनुभयो । ‘म छोराका लागि बाँच्न चाहन्छु । सरकारले जागिर दिए हुन्थ्यो’उहाँले भन्नुभयो ‘विदेशिने महिलाका लागि सरकारले पनि केहि व्यवस्था गर्नुपर्छ ।’

दुई तीन पटक आम माफी पाएर पनि कागजपत्र साउदीमा भएको कारणले नेपाल फर्कन नपाएको पनि डोल्माले बताउनुभयो । ‘जेल पसेदेखि नै कहिले छुटने दिन आउला भनेर दिन गनेर बसे ’ उहाँले भन्नुभयो ।

एक फिलीपिनो महिलाको हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाइनु भएकी डोल्मा शेर्पा १० वर्षको काराबास जीवन सकाएर कुवेतबाट नेपाल फर्किएपछि बिहिबार माइती नेपालले एक कार्यक्रमको आयोजना गरेर उहाँको नाममा संकलन भएको रकम हस्तान्तरण गरेको छ । मृत्युलाई जितेर आउनु भएकी डोल्मा बिहिबार काठमाडौमा अतिथि मञ्चमा देखिनुभयो । त्यो अपमान र पीडा र यो सम्मान र आत्मियतामा डोल्माले आकाश र जमिनको फरकपना पाइरहनु भएको थियो ।

कुवेतमा कार्यरत राजु नागपाल नाम गरेका ब्यक्तिले माइती नेपालमा एक इमेल मार्फत डोल्माको बारेमा जानकारी पठाएपछि २०६४ पुस २६ गते सोही संस्थामा एक सचिवालय स्थापना गरी डोल्मा जीवन बचाउ अभियान शुरु गरिएको थियो । त्यतिबेला सरकारले दिएको चार लाख रुपैंया सिड मनीमा अन्य संघसंस्था र ब्यक्तिहरुले दिएको सहयोगमार्फत १० हजार डलर संकलन गरेर ‘ब्लड मनी’का रुपमा उक्त पीडित फिलिपिनी परिवारलाई दिएपछि उहाँको सजाय घटेर १० वर्षको काराबास हुन पुगेको थियो ।

माइती नेपालमा विहीबार भएको कार्यक्रममा संस्थाकी अध्यक्ष अनुराधा कोइराला र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिका अर्यालले डोल्मालाई संकलित एक लाख ६० हजार ४३ रुपैंया हस्तान्तरण गर्नुभयो । कार्यक्रममा माइती नेपालकी अध्यक्ष कोइरालाले डोल्माले विगतलाई भुलाउन गाह्रो भए पनि ती पीडादायी दिनहरुलाई सपना जस्तै गरी बिर्सेर आफ्नो भविष्यलाई राम्रोसँग अगाडि बढाउनुपर्ने बताउनुभयो । त्यसमा आफ्नो संस्थाले जुनसुकै रुपमा पनि डोल्मालाई सहयोग गर्न तयार रहेको पनि उहाँले बिश्वास दिलाउनुभयो ।

त्यसैगरी मन्त्रालयकी सहसचिव अर्यालले पनि सबैको संयुक्त प्रयास र सकारात्मक सोचले नेपाल फर्किएकी डोल्मालाई ब्यक्तिगत र मन्त्रालयका तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । annapurnapost

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2tLGNoQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top