Photo of Milford Sound in New Zealand

पुष १८।  राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रको महत्वलाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको उन्नती, प्रगति र विकासका निम्ति खेल क्षेत्रको महत्वलाई बुझेर अगाडि बढ्नुपर्ने बताए ।
उनले निजी, समूहगत, दलगत र गुटगत स्वार्थपूर्तिका निम्ति नभइ मुलुकको प्रगतिका निम्ति खेलकुदलाई अगाडि बढाइनुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको वेभसाइटको विधिवत् रुपमा शुभारम्भसमेत गरेका थिए ।
कार्यक्रम अघि एकेडेमीले भृकुटीमण्डबाट भद्रकाली, शहिदगेट हुँदै त्रिपुरेश्वरसम्म वाकाथन गरिएको थियो । वाकाथनमा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राखेपका सदस्य-सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित एक हजार भन्दा बढीले सहभागीता जनाएका थिए ।


from ARENA http://ift.tt/1P6MOQo
via IFTTT

0 comments:

Post a Comment

add

 
Top