Photo of Milford Sound in New Zealand

माघ ६  । आयोजक सहारा क्लबले आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

मंगलबार पोखरा रंगशालामा भएको १४औं संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा सहाराले सिमराको नवजनजागृति युवा क्लबलाई ३–० ले हरायो ।

सहारालाई जिताउनेक्रममा एल्भेस, गाइ र कमल थापाले गोल गरे ।

प्रतियोगिताको अघिल्लो संस्करणमा नवजनजागृतिसँगै पराजितभएपछि सहारा पहिलो खेलबाटै बाहिरिएको थियो ।

जितसँगै सहाराले क्वार्टरफाइनलमा युनाइटेड सिक्किम फुटबल क्लब भारतसँग खेल्नेछ ।

प्रतियोगिताको यो संस्करणमा तीन विदेशीसहित १२ टोली सहभागी छन् । 

योपटक प्रतियोगिताको विजेताले ५ लाख १ हजार तथा उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


from ARENA http://ift.tt/1UamYPm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top