Photo of Milford Sound in New Zealand

वैज्ञानिकहरुले एउटा यस्तो अत्तर अर्थात् स्प्रे तयार पारेका छन् जसलाई सुँघाउने बित्तिकै केटीहरु तपाइँप्रति आकर्षित हुनेछन् । यो स्प्रे आफ्नो जिउमा छर्नुस् अनि मन परेको केटीको छेउँमा जानुस् । केटीले तपाइँको जिउबाट आइरहेको स्प्रेको बासना सुँघ्नेछिन् अनि त सक्किगो नि ।
वैज्ञानिकहरुका अनुसार केटी फकाउने यो स्प्रेमा लभ हर्मोन पनि भनिने सिन्थेटिक अक्सिटोसिन हालिएको छ ।
जर्मनको बन विश्वविद्यालयका शोधकर्ताहरुले आफ्नो प्रयोगका क्रममा यो स्प्रे सुँघेलगत्तै महिलाहरुले आफ्ना पुरुष साथीहरुलाई बढि आकर्षक अनुभव गर्ने गरेको प्रमाणित गरेका छन् । यो स्प्रेको बासना सुँघेलगत्तै महिलाहरुले कुनैपनि पुरुषलाई पहिले भन्दा १५ प्रतिशत बढि आकर्षक देख्ने गरेका छन् ।
यो स्प्रेमा सिन्टोसिनन नामको सिन्थेटिक तत्व हालिएको छ जुन अक्सिटोसिन हर्मोनबाट बनाइएको हो । यो अक्सिटोसिन हर्मोनलाई लभ हर्मोन पनि भनिन्छ र एक अर्कासँग प्रेम तथा सम्भोगका बेला मस्तिष्कबाट यो हर्मोन निस्कन्छ ।
यो हर्मोनले बच्चा पैदा गर्ने, आमाको स्तनमा बच्चाको लागि दुध पैदा गर्ने तथा बच्चाप्रति आमामा ममता विकाश गर्ने काममा पनि सहयोग गर्दछ ।
शोधकर्ताहरुले २० देखि २९ वर्ष उमेरका ४६ जना महिलामा यो स्प्रेको प्रभावका बारेमा अध्ययन गरेका थिए जो कुनै युवकसँग प्रेममा थिए ।
जब उनीहरुलाई यो स्प्रे सुँघाइयो र आफ्नो ब्वायफ्रेण्डप्रतिको आकर्षणको बारेमा सोधियो तब उनीहरुले आफ्नो ब्वायफ्रेण्ड पहिले भन्दा १५
प्रतिशत बढि आकर्षक देखिएको बताए । तर गर्भनिरोधक औषधि खाएका महिलामा भने यो स्प्रेले कुनै असर पारेन ।


from SHYANE http://ift.tt/206F6AE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top