Photo of Milford Sound in New Zealand

पुस २४ । बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली विहीबार बंगलादेश प्रस्थान गरेको छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली टोली बंगलादेश प्रस्थान गरेको हो । यसअघि, अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरेको थियो ।

राष्ट्रियखेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बिदाइ गरे ।

आसन्न दक्षिण एसियाली खेलकुद (साग)मा प्रतिस्पर्धा गर्ने २३ वर्षमुनिको राष्ट्रिय टोली बलियो बनाउन भन्दै एन्फाले प्रतियोगिताका लागि अधिकांश युवा खेलाडी छनोट गरेको छ ।

एन्फासँगको विवादका कारण प्रमुख प्रशिक्षक प्याट्रिक ओसेम्स अनुपस्थित भएपछि नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जन र उपेन्द्रमान सिंहलाइ दिइएको छ ।

कुल ८ टोली सहभागी प्रतियोगितामा नेपाल आयोजक बंगलादेश, मलेसिया र श्रीलंकासँगै समूह ‘ए’मा परेको छ ।

यस्तै, समूह ‘बी’मा बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोली, बहराइन, कम्बोडिया र माल्दिभ्स रहेका छन् ।

शुक्रबार (भोलि)देखि सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शनिबार मलेसियासँग खेल्ने छ ।


from ARENA http://ift.tt/1n71xUL
via IFTTT

0 comments:

Post a Comment

add

 
Top