Photo of Milford Sound in New Zealand

माघ ४ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लिभरपुललाई पराजित गरेको छ ।
आइतबार राति लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाईटेड १–० ले विजयी भयो । खेलमा म्यानचेस्टर युनाईटेडका लागि वायन रुनीले निर्णायक गोल गरे ।
आइतबारराति भएको अर्को खेलमा आर्सनललाई स्टोक सिटीले गोलरहित बराबरीमा रोकेको छ । स्टोकको मैदानमा भएको खेल बराबरीमा सकिएपछि आर्सनलले अंक तालिकामा अग्रता लिने अवसर गुमाएको छ ।
अंक तालिकामा २२ खेलबाट ४४ अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ । समान ४४ अंक जोडेको लेष्टर सिटी गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ । तेस्रो स्थानको म्यानचेस्टर सिटीको ४३ अंक छ भने ३९ अंकको साथ टोटनह्याम चौथो स्थानमा छ ।
आइतबार रातिको जितपछि २२ खेलबाट ३७ अंक जोडेको म्यानचेस्टर युनाईटेड भने पाँचौ स्थानमा उक्लिएको छ । इङ्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति स्वान्सी सिटी र वाट्फोर्ड भिड्नेछन् ।


from ARENA http://ift.tt/1OYuGMz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top