Photo of Milford Sound in New Zealand

स्वास्थ्यबर्धकको दृष्टिले खाने हो भने सेक्सी गर्ल जत्ति आकर्षक छिन्, त्यत्तिकै अस्वस्थकर र रोगबर्धक हुन थालेका छन् नेविको विस्कुटहरु । कोकोनट बिस्कुटमा तार र रौं फेला परेको केहि महिना भएको छ, डाइजेस्टिभ बिस्कुटमा किरा फेला परेका छन् भने सुगर फ्रि भनिएका बिस्कुटमा चिनीको मात्रा भेटिएको छ । यसबाट थाहा हुन्छ, नेविको बिस्कुटको विज्ञापन जति सेक्सी लाग्छ, यसका उत्पादित बिस्कुटहरु हानिकारक छन् ।
बालाजु औद्योगिक क्षेत्रमा १९६४ मा स्थापित नेशनल बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिको नाम १९६८ मा नेविको प्रालि बनाइयो । ७३ हजार स्क्वायर फिटमा फैलियो यो उद्योग त्यत्तिकै मात्रामा गुणस्तरमा फैलिन नसकेकाले निजी कम्पनीहरुले यसलाई उछिन्दै गएका छन् । दैनिक ६ टन बिस्कुट उत्पादन गर्ने क्षमताको यो कम्पनी नेपालको राष्ट्रिय उद्योग पनि हो । तर, नेविकोले बिगत केही वर्षदेखि मुनाफामा बढी ध्यान दिएकाले यसको गुणस्तर खस्कदै गएको छ ।
भन्नलाई We care nation, nature and employees through continuous improvement and regular profit. भन्ने यसको नारा छ र आचारसंहिता We believe in fairness, accountability, transparency and responsibility towards all related stakeholders and government bodies for competence, efficiency and leadership in business era. पालना गरेको दावी पनि गर्छ । तर, आजको नेविको हिजोको जस्तो उपभोक्ता मैत्री होइन, मुनाफा मैत्रीमात्र बनेको देखिन्छ । नेविको बिस्कुटमा हिजोआज जुन अखाद्य बस्तुहरु भेटिन थालेका छन्, त्यसबाट सामान्य नागरिक, बिरामीहरुको स्वास्थ्यमासमेत नकारात्मक असर परिरहेको छ ।
तत्काल यो उद्योगको गुणस्तर छानबिन नगर्ने र गुणस्तरमा उत्पादन गर्न कडाइ नगर्ने हो भने नेविको प्रालि रोग फैलाउने किटाणुका रुपमा स्थापित हुने खतरा देखिन थालेको छ । यस सम्बन्धमा कम्पनी व्यवस्थापक होमनाथ न्यौपानेसँग सम्पर्क गर्दा यदाकदा गल्ती भयो होला, त्यस्तो भएको भए सुधार गर्छौं । कम्पनीका कर्मचारी भन्छन्– व्यवस्थापनको मनपरी र भ्रष्टाचारी नियतले गर्दा कच्चाबस्तुको गुणस्तरहीनता मुख्य कारण हो ।
भृकुटीमण्डपमा भेटिएका उपभोक्ता मञ्चका ज्योति बानियाँ र पदाधिकारीका अनुसार नेविकाका बिस्कुटका बारेमा गुनासो आएका छन्, यो गम्भीर अपराधका बारेमा सचेत पनि गराइसकेका छों । अझै नेविको प्रालिले गुणस्तरमा सुधार नगरे हामी कारवाही चलाउन तैयार छों । यसैवीच खाद्य तथा प्रविधि तथा गुण नियन्त्रण विभागले नेविको बिस्कुट पाकेट किनेर लगेको बारेमा अनुसन्धान गरिरहेको राजतिलकमा खबर छ । कम्पनी व्यवस्थापक होमनाथ न्यौपानेसँग सम्पर्क गर्दा जसले जे खुल्याउनु छ खुइल्याए हुन्छ, हामीलाई मतलव छैन भन्ने ओठे जवाफ दिएका छन् । कुरो बुझ्दा उनी शक्तिशाली पार्टीका कार्यकर्ता भएकाले फुर्ति लगाएको एक नेविकोकर्मीले जानकारी दिए ।


from SHYANE http://ift.tt/1PGkBQE
via IFTTT

0 comments:

Post a Comment

add

 
Top