Photo of Milford Sound in New Zealand

पुस २६ । पाँचथरको फिदिममा शनिबारदेखि पूर्वाञ्चलस्तरीय वाइवाइ सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताअन्तर्गत् शनिबार भएको उद्घाटन खेलमा केएफसी सिक्किम बिराट स्पोटर्स् एकेडेमी मोरङ–११ लाई ‘ट्राइब्रेकर’मा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयमादुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

प्रतियोगिताअन्तर्गत् आइतबार माइभ्याली क्लब इलाम र आयोजक फिदिम स्पोर्टिङ क्लब फिदिमबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


from ARENA http://ift.tt/1UFTgBX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top