Photo of Milford Sound in New Zealand

पुस २६  । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत् आफ्नो पहिलो खेलमा नेपालले शनिबार मलेसियाको फेल्डा युनाइटेड क्लबसँग बराबरीमा चित्त बुझाएको छ । नेपालले गोलरहित बराबरी खेलेको हो ।

गत सिजन मलेसियन सुपर लिगको पाँचौं स्थानमा रहेको फेल्डा युनाइटेड क्लबमा वर्तमान मलेसियन राष्ट्रिय फुटबलटिमका दुई तथा अन्य पूर्वराष्ट्रिय खेलाडी छन् ।

नेपालले जारी प्रतियोगितालाई दक्षिण एसियाली खेलकुद (साग)को तयारीको रुपमा हेरेकाले अधिकांश २३ वर्षमुनिका खेलाडीलाई टोलीमा समावेश गरेको छ ।

विराज महर्जनको कप्तानीमा बंगलादेश गएको नेपाली टोलीले समूहको दोस्रो खेलमा मंगलबार श्रीलंकासँग खेल्नेछ ।

त्यस्तै, समूहको अन्तिम खेलमा आयोजक बंगलादशेसँग भिड्ने छ ।

प्रतियोगिताको समूह ‘ए’मा आयोजक बंगलादेश, नेपाल, मलेसियाको फेल्डा युनाइटेड क्लब र श्रीलंका रहेका छन् भने समूह ‘बी’मा बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोली, बहराइन, कम्बोडिया र माल्दिभ्स छन् ।


from ARENA http://ift.tt/1RBM0HS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top