Photo of Milford Sound in New Zealand


यतिबेला दुनियाँ ‘स्मार्ट वेयरएवल’ र ‘स्मार्ट होम’का नयाँ नयाँ आविस्कारमा केन्दि्रत छ । गुगल, याहु, एप्पल, माइक्रोसफ्ट जस्ता प्रबिधि बादशाहरु यही क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका छन् ।
स्मार्ट होमको कुरा गर्दा होम सेक्युरिटी क्यामेरा सवैभन्दा महत्वपूर्ण हो । यतिबेला गुगल नेस्ट ल्याबदेखि चर्चित क्यामेरा गोप्रोसम्म यहि प्रतिस्पर्धामा लागिरहेका छन् ।
तर, प्रविधिको लडाईं यस्तो हुन्छ कि यहाँ सधै ठूलो र प्रतिष्ठितले मात्र जित्दैनन्, नपत्याउने खोलाले पनि धेरैपटक बगाउँछ ।
यस्तै नपत्याउने एउटा सेक्युरिटी क्यामेराले एक बर्षको अबधिमा यति ठूलो फड्को मार्‍यो कि, आफ्ना प्रतिस्पर्धीहरु फिटविट, गोप्रो र ड्रपक्याम्स तीनवटैको कुल बिक्रिभन्दा यसको बिक्रि निकै बढि छ ।
‘क्यानरी’ नामक यही सुरक्षा क्यामेराले यतिबेला प्रतिस्पर्धी गुगलको ड्रपक्यामलाई नराम्ररी पछि पारेर सवैको वाह्वाही बटुलेको छ । जहाँ कि ५ सय मिलियन डलरको गुगल प्रोजेक्ट ड्रपक्यामले एपस्टोरमा जम्मा एक स्टार रेटिङसहित उपभोक्ता गाली खाइरहनु परेको छ ।
डिसेम्बर २०१४ मा बजारमा आएको क्यानरीले एक बर्षमै यति धेरै सफलता पाउनुभएको कारण के हो त ?
लस भेगासमा जारी कन्जुमर इलेक्टि्रक एक्स्पोमा आएका क्यानरीका सीइओ आदम सागरले भने- ‘हामी पुरै ध्यान उपभोक्तालाई उन्नत उत्पादन दिनेमा केन्द्रीत छ, उपभोक्ताका समस्या समाधान हाम्रो दायित्व हो ।’
के हो क्यानरी, कसरी काम गर्छ ?

क्यानरी घरमा राख्ने सुरक्षा क्यामेरा हो जसको माध्यमबाट तपाइँले जहाँ भए पनि आफ्नो घरको रेखदेख गर्न सक्नुहुन्छ ।
यसले तपाइँको घरमा हुने चोरी नियन्त्रण गर्न, सानासाना नानी वा बृद्धबृद्धालाई एक्लै घरमा छोड्नुपर्दा नियमित निगरानी राख्न र यात्रामा निस्केका बेला आफ्नो घरको अबस्थाबारे जानकारी लिन सहयोग पुर्‍याउँछ । क्यानरी भएपछि तपाइँले घर रेखदेखका लागि कसैलाई राखिराख्नु पर्दैन् ।
यो क्यामेरा जडानका लागि कुनै दुःख छैन् । सानो क्यामेरा आफुले चाहेको ठाउँमा राख्नुस्, र एपमार्फत् क्यामेराको खिचेका गतिबिधि आफ्नो स्मार्टफोनमा हेर्नुस् ।
घरमा कुनै संकास्पद गतिबिधि भएमा तपाइँको मोबाइलमा साइरन बज्ने छ । यदि कुनै अपि्रय घटना हुन लागेको भएमा तपाइँले तुरुन्त प्रहरी पठाउन वा आफ्ै पुग्न पनि सक्नुहुन्छ ।
क्यामेरामा साइरन, माइक्रोफोन, १०८० पिक्सेलको एचडी क्यामेरा, हलचल थाहा पाउने प्रबिधि र नाइट भिजन र कोठाको तापक्रमसमेत नाप्ने प्रबिधि जडित छ । क्यामेराको मूल्य २५० अमेरिकी डलर रहेको छ ।
भावी योजनाबारे जानकारी दिँदै सीइओ सागरले भने- ‘हामी छिटै क्यामेराका स्पीकर पनि राख्दै छौं जसले गर्दा तपाइँले आफ्नो मोबाइलबाटै घरमा रहेका बच्चाबच्चीसँग कुराकानी गर्न सक्नुहुन्छ, कुकुरको आवाज सुन्न सक्नुहुन्छ ।’


from SHYANE http://ift.tt/22T3xQY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top