Photo of Milford Sound in New Zealand

माघ ७  । पहिलो राष्ट्रिय अन्तरक्लब युवा क्रिकेट च्याम्पियनसिपको उपाधि हिमालयन क्रिकेट एकेडेमीले जितेको छ ।

बुधबार राजधानीको कीर्तिपुर मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४० रनले हराउँदै हिमालयनले उपाधि जितेको हो । खेलमा पहिले ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन बनायो । भुपेन्द्रथापाले सर्वाधिक ३० रन जोडे । जवाफमा आर्मीले १७ ओभर ४ बल क्रिजमा टिकेर सय रनमात्र जोड्न सक्यो । कसिलो बलिङ गर्नेक्रममा हिमालयनका ललित भण्डारीले ३ विकेट लिए ।
खेलमा १० बलमा २१ रनका साथै एक विकेट लिन सफल हिमालयनका अमर सिंह राउटेला ‘म्यान अफ द फाइनल’ घोषित भए । 
उपाधिसँगै हिमालयन एकेडेमीले एक लाख एक हजार ११ रुपैयाँ जित्दा उपविजेता आर्मीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । हिमालयनका भुपेन्द्र थापा उत्कृष्ट ब्याट्सम्यान घोषित हुँदा उत्कृष्ट बलरको उपाधि हिमालयनकै भुवन कार्कीले जिते ।
त्यस्तै, प्रतियोगितामा १ सय १५ रन बनाउनुकासाथै ६ विकेट लिन सफल आर्मीका शरद भेषावकर ‘प्लेयर अफ द सिरिज’ बने । एमाले निकट युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताका विजेतालाई उपप्रधान एवं रक्षामन्त्री तथा एमाले उपाध्यक्ष भीम रावलले पुरस्कृत गरे । 


from ARENA http://ift.tt/1SybVC0
via IFTTT

0 comments:

Post a Comment

add

 
Top