Photo of Milford Sound in New Zealand

माघ ११ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक विजेता नेपाली खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
राखेपले आज राजधानीमा एक कार्यक्रम गरी अहिलेसम्म नेपालका लागि सागमा स्वर्ण पदक जितेका सबै १०३ खेलाडीलाई जनही २,५०० रुपैयाँसहित सम्मान गरेको हो ।
कार्यक्रममाराखेपका सदस्यसचिव केशव बिष्टले पुरस्कार राशी कम भए पनि देशका लागि योगदान गरेका खेलाडीलाई सम्मान गर्ने संस्कारको विकास गरिएको बताए । राखेपले यो महिनादेखि सागका स्वर्ण पदक बिजेता सम्पूर्ण नेपाली खेलाडीलाई मासिक २,५०० रुपैयाँ भत्ता दिने ब्यवस्था गरेको सदस्यसचिब बिष्टले जानकारी दिए ।
यसैबीच राखेपले यसपटकदेखि दक्षिण एसियाली खेलकुदमा ब्यक्तिगत स्पर्धातर्फ स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई ५ लाख, रजत जित्नेलाई ४ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
राखेपले एसियाली खेलकुदमा स्वर्ण पदक जित्नसके २५ लाख, रजत जिते १५ लाख र कास्य बिजेतालाई १० लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै, ओलम्पिकमा स्वर्ण पदक जित्न सके १ करोड, रजत जिते ७५ लाख र कास्य पदक जिते ५० लाख दिने राखेपले घोषणा गरेको छ ।
सदस्यसचिव बिष्टले राखेपको बिधानमै पुरस्कारको राशी तोकिइसकेकाले नेतृत्व फेरिए पनि खेलाडीले पुरस्कार पाउने दाबी गरे । उनले सागमा स्वर्ण, रजत र कास्य पदक जित्ने खेलाडीलाई क्रमशः मासिक ५ हजार, ३ हजार र १५ सय भत्ता दिने पहल भइरहेको जानकारी दिए ।
यस्तै एसियन गेम्समा स्वर्ण, रजत र कास्य पदक जित्नेलाई १५ हजार, १० हजार र ५ हजार तथा ओलम्पिकमा स्वर्ण, रजत र कास्य पदक जित्न सके २५ हजार, १५ हजार र १० हजार मासिक भत्ता दिने पहल भइरहेको उनको भनाइ थियो ।


from ARENA http://ift.tt/1S4n0uP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top