Photo of Milford Sound in New Zealand

माघ १७ । दावेदार क्लबहरु आर्सनल र म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् ।
शनिबार राती भएको खेलमा आर्सलनले बर्नलेलाई २–१ ले हरायो । यसैगरी एस्टन भिल्लालाई ४–० ले हराउँदै म्यानचेस्टर सिटी पनि पाँचौ चरणमा उक्लिएको छ ।
शनिबार राति नै भएकाखेलमा टोटनह्याम हट्सपरले कोल्चेस्टर युनाइटेडलाई ४–१ ले पाखा लगायो ।
यसैगरी स्टोक सिटीलाई १–० ले हराएको क्रिष्टल प्यालेस, नटिङ्घम फरेष्टलाई १–० ले हराएको वाट्फोर्ड तथा पोटर््समाउथलाई २–१ ले हराएको बर्नमाउथ पनि एफ.ए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेका छन् ।
प्रिमियरसिप प्रतिद्वन्द्वी वेष्ट ह्यामसँग गोल रहित बराबरी खेलेको लिभरपुलले भने पाँचौं चरण प्रवेशका लागि फेरि खेल्नु पर्ने भएको छ ।
गएराति भएका अन्य खेल जित्दै हल सिटी, लिड्स युनाईटेड, ब्ल्याकबर्न रोभर्स र रिडिङ पनि पाँचौं चरणमा प्रवेश गरेका छन् ।


from ARENA http://ift.tt/1KOsuBV
via IFTTT

0 comments:

Post a Comment

add

 
Top