Photo of Milford Sound in New Zealand

माघ १४ । बंगलादेशमा जारी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज न्यूजिल्याण्डसँग खेल्दैछ । नेपाल सन् २००६ मा न्यूजिल्याण्डलाई पराजित गर्दै प्लेट च्याम्पियन बनेको थियो ।
नेपालले विभिन्न संस्करणमा टेष्ट मान्यताप्राप्त टोलीहरु दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र जिम्बाबेलाईसमेत पराजित गरिसकेकालेआज पनि सोही लयलाई सम्हाल्दै विजयी सुरुवात गर्ने अपेक्षा गरिएको छ । नेपाल रहेको समूह डी मा न्यूजिल्याण्डसँगै भारत र आयरल्याण्ड छन् ।
यता प्रतियोगितामा आयोजक बंगलादेश र इङ्गल्याण्डले विजयी सुरुवात गरेका छन् । हिजो भएको उद्घाटन खेलमा बंगलादेशले दक्षिण अफ्रिकालाई ४३ रनले पराजित गरेको हो भने इङ्गल्याण्डले फिजीलाई २९९ रनको फराकिलो अन्तरले पराजित गर्यो। 


from ARENA http://ift.tt/1KGwpRq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top