Photo of Milford Sound in New Zealand

पुस २२ । बंगलादेशमा माघ १३ गतेदेखि हुँदै गरेको १९ वर्षमुनिको विश्वकप क्रिकेटबाट अष्ट्रेलियाले नाम फिर्ता लिएको छ ।

सुरक्षाको कारण देखाउँदै अष्ट्रेलियाले नाम फिर्ता लिनुपरेको अष्ट्रेलिया क्रिकेटका प्रमुख कार्यकारी जेम्स सुदरल्यान्डले जनाएका छन् ।

गत अक्टोबरमा अष्ट्रेलियाको सिनियर टिमले सुरक्षाकै कारण नाम फिर्ता लिएसँगैगरिएको सुरक्षा अध्ययन टोलीको सुझावका आधारमा विश्वकप खेल्न टिम बंगलादेश जान नसक्ने सुदरल्यान्डले स्पस्ट पारे ।

बंगलादेश विश्वकपको समूह ‘डी’मा रहेको अष्ट्रेलियासँगै नेपाल, भारत र न्यूजिल्यान्ड छन् ।

अष्ट्रेलियाले नाम फिर्ता लिएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले मलेसियामा भएको छनोट चरणको उपविजेता आयरल्यान्डलाई अष्ट्रेलियाको ठाउँमा बोलाएको छ ।

आइसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनले भने विश्वकपका लागि बंगलादेशमा कुनै खतरा नहुने भन्दै अष्ट्रेलियाको निर्णयप्रति दुःख व्यक्त गरेका छन् ।


from ARENA http://ift.tt/1n3c0R7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top