Photo of Milford Sound in New Zealand

क्षितिजमा चन्द्रमा सामान्यभन्दा ठूलो देखिन्छ । चन्द्रमाले पृथ्वीलाई घुम्ने कक्ष पूर्ण बृताकार हुँदैन, यो अण्डाकारको हुन्छ । त्यसैले चन्द्रमा पृथ्वीको कहिले ३ लाख ६३ हजार किलोमिटर नजिक आउँछ त कहिले ४ लाख ५ हजार ५ सय किलोमिटर टाढा जान्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा टाढा भएको बेलाभन्दा नजिक हुँदा करिब ११ प्रतिशत ठूलो देखिन्छ । तर चन्द्रमापूर्वको क्षितिजबाट पश्चिमको क्षितिजसम्म जानु भनेको चन्द्रमाले पृथ्वीलाई घुम्नु नभई पृथ्वी आफ्नै कक्षमा घुम्नुले हो ।
एकै रातमा पृथ्वी र चन्द्रमा बीचको दूरीमा खासै परिवर्तन आउँदैन । कोहीकोहीले चन्द्रमाबाट परावर्तन भएर आउने प्रकाशले पृथ्वीको वायुमण्डल छिचोलेर आउनुपर्ने हुनाले क्षितिजको चन्द्रमा ठूलो देखिने गरेको हो भन्ने तर्क गर्छन् । वायुमण्डलका विभिन्न भागहरुमा तापक्रम घटबढ हुने कारणले गर्दा त्यहाँ फरकफरक घनत्वका हावाका तहहरु हुन्छन् । चन्द्रमाबाट आउने प्रकाशका किरणहरु ती हावाका तहहरुबाट आवर्तित भएरमात्र हाम्रो आँखामा छिर्छन् । त्यसैले हामी चन्द्रमालाई केही चेप्टो भने पक्कै देख्छौं तर ठूलो होइन ।
सत्य के हो भने हाम्रो आँखाको रेटिनामा बन्ने चन्द्रमाको प्रतिबिम्बको आकार एकै रातमा धेरै परिवर्तन हुँदैन । हामी आकाशलाई टाउकोमाथि रहेको गुम्बज आकारको विशाल छतको रुपमा देख्छौं । आकाशमा हेर्दा हाम्रो मस्तिष्कको दूरीको पूर्ण सही निर्क्यौल गर्न सक्दैन । त्यसैले हाम्रो मस्तिष्कले आकाशलाई पूर्ण गुम्बज आकारको नभई केही मात्रामा थेप्चो परेको कचौडा आकारको रुपमा देख्छ । यही कारणले क्षितिजको आकाशभन्दा ठीक टाउको माथिको आकाशलाई हामी केही नजिक देख्छौैं । यथार्थमा टाउको माथिको आकाश र क्षितिजमा रहने दुबै चन्द्रमाको आकार ठूलो देखिनु मस्तिष्कको भ्रममात्र हो भन्छन् वैज्ञानिकहरु ।


from SHYANE http://ift.tt/1MLI5BF
via IFTTT

0 comments:

Post a Comment

add

 
Top