Photo of Milford Sound in New Zealand

यु ट्युब विश्वको सबैभन्दा लोकप्रिय भिडियो स्ट्रिमिंग साइट हो । विश्वमा इन्टरनेटको पहुँचमा रहेका ३ अर्ब मानिसमध्ये १ अर्ब मानिसले यु ट्युबको प्रयोग गर्ने गरेका छन् ।
युट्युबको प्रयोग गर्नेमध्ये आधा जसो मानिसहरु स्मार्टफोनबाट युट्युब चलाउँछन् । त्यसकारण यु ट्युबमा आफुलाई स्थापित गर्ने सोँच रहेकाहरुले यसमा ध्यान दिनु आवश्यक हुन्छ । हुनसक्छ, तपाइँको कुनै भिडियो मानिसहरुले मन पराउँछन् र तपाइँ रातारात यु ट्युब स्टार बन्न सक्नुहुन्छ ।
अहिले विश्वमा यु ट्युबमा हरेक एक मिनेटमा यतिधेरै भिडियो अपलोड हुन्छन् की एक मिनेटमा यु ट्युबमा अपलोड हुने भिडियो लगातार हेर्नका लागि ४ सय घण्टा लाग्छ ।
यदि तपाइँ आफ्नो भिडियो अनलाइन पोष्ट गर्नुहुन्छ भने तपाइँ पनि यु ट्युब प्रयोगकर्ता १ अर्ब मानिससम्म आफ्नो पहुँच स्थापित गर्न सक्नुहुन्छ । तर स्टार बन्न सजिलो छैन, यसका लागि तपाइँको भिडियो यस्तो हुनुपर्छ जसले मानिसको मन छुन सकोस् ।
दक्षिण कोरियाली गायक साइको गीत गंगनम स्टाइलको भिडियो यु ट्युबमा अहिलेसम्म सबैभनदा धेरै पटक हेरिएको भिडियो हो जुन अढाइ अर्ब पटक हेरिएको छ ।
पहिले यु ट्युबमा २ अर्ब १४ करोड पटक सम्म मात्र हेरिएको गणना गर्न सकिन्थ्यो । तर गंगनम स्टाइलले त्यो सीमा पार गरेर यु ट्युबनै क्र्यास गरेसँगै यु ट्युबले यसको सीमा बढाउन बाध्य भयो ।
अघिल्लो दशकमा यु ट्युब सुरु हुँदा यो एक डेटिंग वेबसाइटको रुपमा सुरु भएको थियो । र, यसको नाम थियो ट्युन इन हुक ।
यसलाई जाबेद करीम, स्टिभ चेन र च्याड हर्ले नामका तिन व्यक्तिले सुरु गरेका थिए । पहिलोपटक यु ट्युबमा सन् २००५ को अप्रिल २३ मा भिडियो अपलोड गरिएको थियो, जुन तिनै संस्थापक जाबेदको थियो ।
धेरै भन्दा धेरै मानिसले यु ट्युबमा तपाइँको भिडियो मन पराएर हेरे भने तपाइँले गुगलबाट पाउने विज्ञापनबाटै रकम पाउन सक्नुहुन्छ । र, अझ ठूलो कुरा त तपाइँ सेलिब्रेटी तथा स्टार बन्न सक्नुहुन्छ
एकवर्ष भित्रैमा मानिसहरुले यो भिडियो शेयरिंग वेबसाइटलाई यतिधेरै मन पराए की गुगलले यसलाई वर्तमान मूल्यमा झण्डै १८ हजार करोड रुपैयाँमा खरीद गर्यो ।
भिडियो हेर्नका लागि यु ट्युब अहिले पहिलो रोजाइ बनेको छ, यसमा शंका छैन । तर फेसबुक प्रयोग गर्नेको संख्या यो भन्दा पनि बढि छ ।
सन् २०१४ को एक अनुसन्धान अनुसार केवल अमेरिकामा ७७ प्रतिशत मानिसहरु फेसबुक चलाउँछन् भने ६३ प्रतिशतले यु ट्युबको प्रयोग गर्छन् । टि्वटर र गुगल प्लस त्यसपछि पर्दछन् ।
जबजब इन्टरनेट ब्याण्डविथको स्थितिमा सुधार हुँदैछ, इन्टरनेटमा भिडियो शेयरिंग पनि बढिरहेको छ । मोबाइल फोनमै एचडी भिडियो खिचेर क्षणभरमै यु ट्युबमा हाल्न सकिने भएको छ । फेसबुक पनि भिडियो शेयरिंगमा निकै अगाडि बढिरहेको छ । त्यसैले आफ्नो भिडियोलाई धेरै भन्दा धेरै मानिस सामु पूराउन धेरै रकम खर्चेर विज्ञापन गरिरहनुपर्ने बाध्यता छैन ।
धेरै भन्दा धेरै मानिसले यु ट्युबमा तपाइँको भिडियो मन पराएर हेरे भने तपाइँले गुगलबाट पाउने विज्ञापनबाटै रकम पाउन सक्नुहुन्छ । र, अझ ठूलो कुरा त तपाइँ सेलिब्रेटी तथा स्टार बन्न सक्नुहुन्छ । bbc 


from SHYANE http://ift.tt/1PKhDKO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top