Photo of Milford Sound in New Zealand

माघ ४ । नेपाल टेलिकमले नयाँ सामाजिक सन्जालकारूपमा ‘मिट’ सन्चालनमा ल्याएको छ ।

लेख, तस्वीर, श्रव्य तथा दृश्यलाई एकार्कामा पठाउन सकिने सो सन्जालको टेलिकम भोजपुर प्रमुख रामकुमार माझीसँग सोमबार सूचना तथा सन्चारमन्त्री शेरधन राईले कुराकानी गरेर उद्घाटन गरे ।

सो सन्जालबाट कम्पनीका विभिन्न सेवाकाबारेमा ग्राहकसँगआवश्यक अन्तरक्रियासमेत गर्न सकिने छ । यसले कम्पनीका सेवाग्राहीकाबीचमा सामाजिक सम्बन्ध विकास गराउने उद्देश्य लिइएको टेलिकमको भनाइ छ ।

करिब रु १० करोड २० लाख २४ हजार बराबरको खर्चमा सो सन्जाल सन्चालनमा ल्याइएको हो । कम्पनीले यसलाई www.meet.net.np ‘डोमेन नेम’कारूपमा दर्ता गरेको छ भने त्यसको ब्रान्ड नेम ‘मिट’ रहनेछ ।

टेलिकमले सो सेवामार्फत् ग्राहकलाई प्रतिदिन १० एसएमएस निःशुल्क दिने भएको छ ।

त्यसैगरी, यो सेवामार्फत् एकमुस्टरूपमा निश्चित शुल्क तिरेर एकैपटक धेरै संख्यामा सन्देश पठाउन पनि सकिन्छ । सो साइटमा ग्राहकका क्रमिक चाहनाबमोजिम आगामी दिनमा अन्य सेवासमेत उपलब्ध गराउँदै जाने कम्पनीको लक्ष्य रहेको छ ।

सो अवसरमा सन्चारमन्त्री राईले टेलिकमले ल्याएको नयाँ सामाजिक सन्जाल सबैका लागि लाभदायक हुने विश्वास व्यक्त गर्दै नयाँ संविधानको कार्यान्वयनसँगै मुलुकलाई आर्थिक–सामाजिक विकासको बाटामा अगाडि बढाउनुपर्ने बताए ।

लामो समयदेखिको तराई बन्द र नाकाबन्दी खुलाउनेबारे संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्ता अन्तिम चरणमा पुगेको र अबको एक/दुई दिनमा नाका खुल्ने उनले बताए । रासस 


from SHYANE http://ift.tt/1nhpHwp
via IFTTT

0 comments:

Post a Comment

add

 
Top