Photo of Milford Sound in New Zealand

माघ १७।  जर्मनीकी एन्जेलिक केरबरले सेरेना विलियम्सलाई स्तब्ध पार्दै शनिबार अस्ट्रेलियन ओपनको उपाधि जितेकी छिन् । जर्मन खेलाडीले टेनिस इतिहासकै ठूलो अप्रत्यासित नतिजाका रूपमा विश्व नम्बर १ तथा डिफेन्डिङ च्याम्पियन सेरेनालाई ६–४, ३–६ र ६–४ ले हराइन् ।
यो हारले अमेरिकी खेलाडी सेरेनाको २२ औं ग्रान्ड स्लाम जित्ने कीर्तिमानको सपना अहिलेका लागि रोकिएको छ । केरबरले ग्रान्ड स्लाम उपाधि जितेको यो पहिलोपल्ट हो । यस्तै सन् १९९९ मा स्टेफी ग्राफले फ्रेन्च ओपन जितेयता जर्मन खेलाडीले ग्रान्ड स्लाम उपाधि जितेको पनि यो पहिलोपल्ट हो ।


from ARENA http://ift.tt/1VyqMKC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top