Photo of Milford Sound in New Zealand

माघ १३।  साहसिक खेल पर्यटनका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको सन्देश दिन चैत ३ गते पोखरामा ‘हिमालयन रस ट्राइएथलन’ खेल प्रतियोगिता आयोजना गरिने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो प्रतियोगितामा विश्वका विभिन्न राष्ट्र र नेपालबाटसमेत गरी १ सय २० बढी स्पर्धीले प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।
/>
प्रतियोगितामा पर्यटकीय नगरी पोखराको बेगनास तालमा पौडी प्रतियोगिता गरिनुका साथै पोखराकै विभिन्न स्थानमा साइक्लिङ तथा दौड प्रतियोगिता आयोजना गरिने छ ।

आयोजक हिमालयन रस टिम, फन्टास्टिक नेपाल होलिडेज्का अनुसार भूकम्पपछि नेपालको पर्यटन क्षेत्र र त्यसका पनि साहसिक खेल पर्यटनको क्षेत्र सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन कार्यक्रम आयोजना गर्न लागिएको हो ।


from ARENA http://ift.tt/1NyS1Pv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top