Photo of Milford Sound in New Zealand

माघ ५ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको १४ औं सस्करण पोखरामा मंगलबार(आज)देखि सुरु हुँदैछ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको प्रतियोगिताको यो संस्करणमा तीन विदेशीसहित १२ टोली सहभागि छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लबले सिमराको नज जनजागृती युवा क्लबको सामना गर्नेछ । प्रतियोगिताकोअघिल्लो संस्करणमा यही प्रतिद्वन्द्वीसँग पराजित भएपछि पहिलो खेलबाटै बाहिरिएको सहारा क्लब आज सोही हारको बदला लिने सुरमा छ ।
उता नव जनजागृति क्लब पनि अघिल्लो वर्ष झैं यसपटक पनि आयोजकलाई पहिलो खेलमै निराश पार्न चाहन्छ । आजको खेल विजेताले क्वाटरफाइनलमा युनाईटेड सिक्किम फुटबल क्लब भारतको सामना गर्नेछ । यसपटकदेखि प्रतियोगिताको विजेताले ५ लाख १ हजार तथा उपविजेताले २ लाख ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


from ARENA http://ift.tt/1Qkjuee
via IFTTT

0 comments:

Post a Comment

add

 
Top