Photo of Milford Sound in New Zealand




महोत्सव तथा मेलाहरु पनि विभिन्न थरीका हुन्छन् । विचित्रताको देश चीनको उत्तरपूर्वी प्रान्त खेलुंग जियांगमा हरेक वर्ष झैँ यो वर्षपनि हिउँ महोत्सव भयो । उक्त महोत्सवमा हिउँबाट बनेका मूर्तिकला तथा विभिन्न कलाकृतीहरु प्रदर्शन गरिए ।
हार्बिन आइस एण्ड स्नो स्कल्पचर फेस्टिबल नामक उक्त महोत्सव जनवरी ५ का दिन सुरु हुनेगर्छ । तापनि यसको तयारी भने निकै अघिदेखि नै गरिन्छ ।
यो महोत्सव सन् १९६३ देखि सुरु भएको हो । बीचमा केही वर्ष स्थगित भएकोमा सन् १९८५ देखि यो नियमित रुपमा हुँदै आएको छ ।
यो पटकको हिउँ महोत्वसको नारा पर्ल अन दी क्राउन अर्थात् ताजको मोती रहेको छ । अनेक प्रकारका कलाकृति तथा मूर्तिहरु यो पटक पनि तयार गरिएका छन् । हिउँ तथा बरफबाटै एक गगनचुम्बनी कलात्मक महल समेत तयार गरिएको छ । यो महल बनाउने काम डिसेम्बर महिनादेखि नै सुरु भएको थियो । बरफलाई मोतीको टुक्राको आकारमा ढाल्नका लागि धेरै मेहेनत गरिएको छ ।
बरफका अनेकथरि आकृति तयार गर्न ठूला ठूला बर्फमा टुक्रालाई क्रेनको सहायताले उठाएर एकमाथि अर्को राखिएको छ । नजिकैको हिमनदीबाट हिउँका कडा टुक्राहरु काटेर ल्याएर त्यसलाई कुँदेर विभिन्न आकृतिहरुमा ढालिन्छ । यो महोत्वसमा विभिन्न देशका टोलीहरुले भाग लिन्छन् ।
रातमा जब हिउँका आकृतिहरुमा रंगीचंगी प्रकाश दिइन्छ तब यसको सुन्दरता अलौकिक बन्दछ ।


from SHYANE http://ift.tt/1WcCzzl
via IFTTT

0 comments:

Post a Comment

add

 
Top