Photo of Milford Sound in New Zealand

पुस २८  । पाँचथरको फिदिममा जारी पूर्वाञ्चलस्तरीय वाइवाइ सातौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा केएसएस ताप्लेजुङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा विर्तामोड युनाइटेड झापा–११ लाई २–१ गोलले पराजित गर्दे ताप्लेजुङले सेमिफाइनलको यात्रा तय गरेको हो ।

पहिलो चरणको अन्तिम खेलमा मंगलबार ब्वाइज युनाइटेडकाठमाडौं र सशस्त्र प्रहरी बल (एपीएफ) पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।

नेपाल र भारतका गरी ८ टिम सहभागी प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल आगामाी माघ २ गते हुनेछ ।


from ARENA http://ift.tt/1P5uAON
via IFTTT

0 comments:

Post a Comment

add

 
Top