Photo of Milford Sound in New Zealand

माघ १८ । अन्डर नाइन्टिन विश्वकप क्रिकेटअन्तर्गत समुह डी को अन्तिम खेलमा आज(सोमबार) नेपाल र भारत भिड्दै छन् ।
बंगलादेशमा जारी प्रतियोगिताअन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे सुरु हुनेछ । खेलपूर्व नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले आफ्नो टोली दबाबमा नभएकाले निर्धक्क भएर प्रदर्शन गर्ने बताएकाछन् ।
भारत विश्वकप विजेता राष्ट्र भएकाले आजको खेलमा खेलमा उ पुरै दबाबमा हुने र नेपालले त्यसको फाईदा उठाउने टमाटाको विश्वास छ ।
भारतसँगको खेलमा उनी ढुक्क देखिन्छन् । त्यसको एउटा कारण नेपाल छनोट भइसक्नु हो । ‘दबाब हामीलाई होइन, भारतलाई छ, हामी सामान्य खेल खेल्नेछौं । नेपालले राम्रो खेलिरहेको छ भनेर उनीहरूले हेरेर खेल्नुपर्ने दबाब छ । फिल्डिङ पनि हाम्रो राम्रो छ । हामी भारत बलियो टिम हो भनेर खेल्दैनौं,’ उनले भने ।
एक खेलअघि नै दुवै टिमले क्वार्टरफाइनलमा ठाउँ सुरक्षित गरिसकेका अवस्थामा यो खेलको नतिजाले समूह बिजेताको टुंगो लगाउने छ । दुवै टिमले न्यूजिल्याण्ड र आयरल्याण्डलाई पराजित गर्दै अन्तिम आठमा ठाउँ बनाएका हुन् ।
नेपालले न्यूजिल्याण्डलाई ३२ रनले तथा आयरल्याण्डलाई ८ विकेटले हराउँदै दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो । भारत भने यो उमेर समुहको विश्वकपमा तीन पटकको च्याम्पियन हो । टेष्ट खेल्ने राष्ट्रहरु बाहेक प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्ने एकमात्र एसोसियट राष्ट्र नेपाल यसपटक त्यहाँभन्दा माथि पुग्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।


from ARENA http://ift.tt/1Q5hqSM
via IFTTT

0 comments:

Post a Comment

add

 
Top