Photo of Milford Sound in New Zealand

पुस २० । एघारौं साफ च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । केरलामा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अफगानिस्तानलाई २–१ गोल अन्तरले पराजित गर्दै भारतले सातौं पटक उपाधि जितेको हो ।
यो जितसँगै भारतले अघिल्लो संस्करणको फाईनलमा अफ्गानिस्तनसँग भोगेको हारको बदला समेत लिएको छ । निर्धारित९० मिनेटको खेलमा १÷१ गोलको बराबरी भएपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई उपाधि जिताएका हुन् ।
७० औं मिनेटमा जुबाएर अमिरीको गोलबाट अफगानिस्तानले अग्रता लिएपनि त्यसको दुई मिनेटमै भारतका जेजे लाल्पेख्लुले गोल फर्कादै बराबारी गरेका थिए ।
जितसँगै भारतले प्रतियोगिताको इतिहाँसमा सर्वाधिक ७ पटक उपाधि जितेको छ । नेपाल भने यो संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । प्रतियोगिताको १२ औं संस्करण दुई वर्षपछि बंगलादेशमा आयोजना हुनेछ ।


from ARENA http://ift.tt/1O5f1ac
via IFTTT

0 comments:

Post a Comment

add

 
Top