Photo of Milford Sound in New Zealand


माघ ७  । भारतको गोर्खा ब्रिगेड पोखरामा जारी १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा सशस्त्र प्रहरीको टिममाथि २–१ को जित हासिल गर्दै गोर्खा ब्रिगेड अन्तिम आठमा पुगेको हो । गोर्खा ब्रिगेडका लागि विक्रम राई र अजय तामाङले गोल गरे ।

नियमितचार खेलाडी खेलाडीहरु बंगलादेशमा जारी बंगबन्धु गोल्डकपका लागि रहेका बेला सम्हालिन नसकेको सशस्त्रका प्रविन स्याङ्तानले सान्त्वना गोल फर्काए ।

यो हारले सशस्त्र प्रहरीलाई भने पहिलो खेलमै झड्का लागेको छ ।

उद्घाटन खेलमा सिमराको नव जनजागृति युवा क्लबलाई ३–० ले हराएर आयोजक सहारा क्लब क्वार्टरफाइनलमा पुगिसकेको छ ।

जारी संस्करणमा तीन विदेशीसहित १२ टोली सहभागी छन् । 


from SHYANE http://ift.tt/1NlrSDx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top