Photo of Milford Sound in New Zealand


माघ ७ । चौथो विराट गोल्डकप फुटबल प्रतियोगिता माघ २८ गतेदेखि विराटनगरमा सन्चालन हुने भएको छ । पूर्वाञ्चलमै सबैभन्दा धेरै धनराशी भएको फुटबल प्रतियोगिता फागुन ८ गतेसम्म सन्चालन हुनेछ ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी, थ्रीस्टार क्लब, झापा–११, मोरङ–११, भुटान–११, मनाङ–मर्स्याङ्दीक्लब सहभागी हुने जानकारी आयोजक समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी दिएको छ । त्यस्तै, भारतको जर्ज टेलीग्राफ, बंगबन्धु बंगलादेश र युनाइटेड सिक्किम फुटबलसहित १० टिम प्रतियोगितामा सहभागी हुनेछन् ।

विजेता टिमले ५ लाख एक हजार रुपैयाँ र उपविजेताले ३ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


from SHYANE http://ift.tt/1OHgNyJ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top