Photo of Milford Sound in New Zealand

पुस २८ । स्पेनिस फुटबल क्लब बार्सिलोनाका अर्जेन्टाईनी खेलाडी लियोनल मेस्सीले यस वर्षको फिफा बलुन डे ओर अर्थात वर्ष खेलाडीको उपाधि जितेका छन् ।
विश्व फुटबलको सर्बोच्च निकाय फिफाले सन् २०१५ को सर्बोत्कृष्ट फुटबलरलाई सोमबार राति बलुन डे ओर पुरस्कारबाट सम्मानित गरेको हो ।
अन्तिमचरणमा मनोनयनमा परेका रियल मड्रिडका पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डो र बार्सिलोनाकै ब्राजिलियन खेलाडी नेईमारलाई उछिन्दै मेस्सी पाँचौं पटक वर्ष खेलाडी बनेका हुन् ।
मेस्सीले कुल मतको ४१ प्रतिशतभन्दा बढी मत प्राप्त गरे भने रोनाल्डोले २८ प्रतिशत तथा नेईमारले ७ प्रतिशत मत प्राप्त गरे ।
सन् २०१४ को नोभेम्बर २१ देखी २०१५ को नोभेम्बर २० सम्मका खेलहरुमा गरेको प्रदर्शन र फिफामा आबद्ध देशका राष्ट्रिय टोलीका कप्तान, मूख्य प्रशिक्षक र पत्रकारहरुको मतका आधारमा बर्षको सर्बोत्कृष्ट फुटबलर चुनिएको हो ।
गत सिजनमा बार्सिलोनालाई च्याम्पियन्स लिग, स्पेनिस लिग र स्पेनिस किङ्स कप सहित कुल ५ उपाधी दिलाउन महत्वपुर्ण भुमिका खेलेका मेस्सीले वर्षभरी खेलेका ६१ खेलमा ५२ गोल गरेका थिए ।
मेस्सीले कीर्तिमानी पाँचौं पटक बलुन डे ओरको उपाधि जित्दा रोनाल्डो भने फेरी एकपटक निराश भएका छन् । यी दुई खेलाडीले ८ पटक उपाधि जितिसकेका छन् । मेस्सीलाई पछ्याउँदै रोनाल्डो तीन पटक फिफा वर्ष खेलाडी बनेका छन् ।
यसपटक महिला खेलाडीतर्फ अमेरिकाकी कार्ली लोएड उत्कृष्ट ठहरिइन । उनले महिला विश्वकप फुटबलको फाइनलमा जापान विरुद्ध ह्याट्रिक गरेकी थिइन ।


from ARENA http://ift.tt/1nelMA2
via IFTTT

0 comments:

Post a Comment

add

 
Top