Photo of Milford Sound in New Zealand

माघ ५ । स्वर्गिय प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार’ पाँचथरका पत्रकार भीम बाँस्कोटालाई प्रदान गरिएको छ ।
खेलकुद क्षेत्रमा पुरयाएको योगदानको प्रशंसा गर्दे बाँस्कोटालाई उक्त पुरस्कार शनिबार आयोजित एक कार्यक्रमका वीच प्रदान गरिएको नेपाल पत्रकार महासंघ शाखा पाँचथर अध्यक्ष लवदेव ढुंगानाले वताए । उक्तपुरस्कारको राशी १० हजार रुपैया रहेको छ ।
व्यवसायी हरिप्रसाद नेपालले आफ्ना दिवंगत पिता प्रजापति नेपालको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कारको राशी १० हजार रुपैँया रहेको छ । दिवंगत पिता प्रजापति नेपालको नाम्मा १ लाख रुपैया रकम अक्षय कोषको रुपमा स्थापना गरिएको स्वर्गिय प्रजापतिका नाती दिपक नेपालले जानकारी दिए ।
गत वर्ष देखि फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सर्वोधिक समाचार सम्प्रेषण गरी सहयोग पुरयाउने विधुतिय संचारमाध्यम र छापा माध्यममा काम गर्ने २ जना पत्रकारलाई १०/१० हजार रुपैया रकम दिइने वताएपनि यसपाली भने आयोजक फिदिम स्पोटिङ क्लवले उक्त पुरुस्कार प्रदान गरेन् ।
गत वर्ष भने रासस तथा इमेज च्यानलका पाँचथर संवाददाता जितेन्द्र भण्डारी र नागरिककर्मी गिरीराज वास्कोटलाई उक्त पुरस्कारको राशी प्रदान गरेको थियो ।


from ARENA http://ift.tt/1P2eWrT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top