Photo of Milford Sound in New Zealand

पुष २७। यस वर्षको पृथ्वी खेलाडी पुरस्कारबाट दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर सम्मानित भएका छन् ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा प्रदान गरिने पृथ्बी पुरस्कारबाट दक्षिण एसियाली खेलकुदका ३ पटकका स्वर्ण पदक विजेता मानन्धरलाई सम्मानित गरिएको हो ।
justify;">उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले मानन्धरलाई २ लाख रुपैयाँ नगदसहित सम्मानित गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध राष्ट्रिय खेलकुद संघले हरेक वर्ष यो पुरस्कारबाट एकजना खेलाडीलाई सम्मानित गर्दै आएको छ ।
गत वर्ष पृथ्वी पुरस्कार राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान राजु शाक्यलाई प्रदान गरिएको थियो ।
पुरस्कृत ब्यक्तित्व मानन्धरले सम्मानले योगदानको कदर गर्नुका साथै भावी पुस्तालाईसमेत खेल क्षेत्रमा लाग्न प्रेरित गर्ने धारणा ब्यक्त गरे ।
पुरस्कार प्रदान गर्दै मन्त्री थापाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउन र सार्वजनिक बिदा दिन पहल भईरहेको बताए ।


from ARENA http://ift.tt/1PmP32b
via IFTTT

0 comments:

Post a Comment

add

 
Top