Photo of Milford Sound in New Zealand

माघ ११  । मनाङमर्स्याङ्दी क्लब पोखरामा जारी १४ औं आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा आज भएको खेलमा इण्डियन आर्मी गोर्खा ब्रिगेड टिमलाई २—० ले पन्छाउँदै मनाङले अन्तिम चारको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिए पनि अतिरिक्त समयमा सम्हालिन नसक्दा पाहुनाटोली घर फर्किन बाध्य भयो । अतिरिक्त समयको पाँचौ मिनेटमै दोहोरो पहेलो कार्ड खाँदै प्रशान्त गुरुङ मैदानबाट बाहिरिएपछि गोर्खा ब्रिगेड १० खेलाडीमा सिमित भयो । अतिरिक्त समयको छैठौं मिनेटमा अमित तामाङले मनाङका लागि गोलको खाता खोले । लगत्तै १० औं मिनेटमा अर्को गोल गर्दै ओलावाले मनाङलाई सेमिफाईनल प्रवेश गराए ।
आहा रारा गोल्डकपको ईतिहासमा ८ पटक फाईनल पुगेको मनाङले दुई पटकमात्रै उपाधि जितेको छ ।
आजको विजेता मनाङले फाईनल प्रवेशका लागि माघ १४ गते झापा ११ र रहमदगञ्ज एमएफ सोसाईटी बंगलादेश बीचको विजेतासँग प्रतिश्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्तर्गत भोलिको खेल त्रिभूवन आर्मी क्लब र थ्रिस्टार क्लब बीच हुनेछ । प्रतियोगिताको फाईनल खेल माघ १६ गते हुनेछ ।


from ARENA http://ift.tt/1NtOfXu
via IFTTT

0 comments:

Post a Comment

add

 
Top